
कंञ्चनपुर फागुन ९ : अछामको चौरपाटी गाउँपालिकामा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा परी १४ जना घाइते भएका छन् । बुधबार बिहान चौरपाटी गाउँपालिका–५ लुंग्राकाे आमरुख नजिक जीप दुर्घटना भएको थियाे ।
लुग्राबाट साँफेबगर जाँदै गरेकाे से१ज ४२९ नंको जीप सडकबाट १५० मिटर तल खसेकाे थियाे । जीप अनियन्त्रित भएर दुर्घटना भएको बताइएकाे छ । दुर्घटनामा परी डोटीको पूर्वीचौकी गाउँपालिका–४ का डेढ वर्षका इशान खड्काको ज्यान गएकाे छ । उनकाे बयालपाटा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हाे । उनका बुवा पनि राजेन्द्र खड्का घाइते भएका छन् । अन्य घाइतेहरूको बयालपाटा अस्पतालमा उपचारको भइरहेको प्रहरीले जनाएको छ
Be the first to comment