अनाथ बालबालिकाहरुलाई झोला बितरण गर्दे सिटिजन लाईफ इन्स्योरेन्स महेन्द्रनगरले बार्षिक उत्सब मनायो

कंञ्चचनपुर २६ कार्तिक २०८१, सोमबार : सिटिजन लाईफ इन्स्योरेन्स कम्पनि लिमिटेड महेन्द्रनगरले स्थापनाको ७ बर्ष पुरा भएको अवसरमा आज महेन्द्रनगरमा रहेको अनाथ आश्रमका बालबालिकाहरुलाई झोला बितरण गर्दे सातौँ बार्षिक उत्सब भब्यताका साथ मनाएको छ । भीमदत्त नगरपालिका वडा नं. ४ महेन्द्रनगर बजार नजिकै रहेको समाज कल्यण अञ्चल बालअनाथालयमा रहेका बालबालिकाहरुलाई इन्स्योरेन्स कम्पनीले आफ्नो बार्षिक उत्सबका क्रममा अनाथालयर्मै एक औपचारिक कार्यक्रमका बिच झोला बितरण गरेको हो । अनाथालयमा रहेका २६ जना बालबालिकाहरुलाई एक -एक थान झोला बितरण गरिएको सिटिजन लाईफ इन्स्योरेन्स सुदूरपश्चिम प्रदेश प्रमुख गंगा राम जोशी जानकारी दिनुभएको छ । उहाँले सिटिजन लाईफ लाईफ इन्स्योरेन्स कम्पनि लिमिटेड हरेक नागरिकहरुको जिबन बिमा संगैं सामाजिक उत्तरदायीत्व बहन गर्ने उदेश्यका साथ स्थापना भएको बताउनुभयो । बिमा मार्फत हरेक नागरिकहरुको जिबन सुरक्षा संगैं बचत गर्ने बानी र स्वास्थ्य बिमा समेत लागु गरिएको जोशीले जानकारी गराउनुभयो । बिमा कम्पनीहरुले नागरिकको सुरक्षाको प्रत्याभुती मात्रै दिएको छैन जोखिमको साथी बनेको छ जोशीले भन्नुभयो बिमा बनाऔं जिबन सुरक्षित गरौं । उत्त कार्यक्रमा महेन्द्रनगर शाखा प्रमुख धनेश्वरी बोकटी ,सनियर ऐजेन्सी मेनेजर राजेन्द्र पन्त ऐजेन्सी मेनेजर रबिकान्त कलौनी , राधिका थापा , सलिना भण्डारी ,लक्ष्मी गिरी, प्रमा जोशी , लक्ष्मी बम पाल ,शान्ती भट्ट लगायतको उल्लेख्य सहभागीता रहेको थियो ।

Uncategorized

Public Speaking Darchula season 1 काे लाेगाे सार्वजनिक

कंञ्चनपुर बैशाख २८ २०८२ : दार्चुलाकाे गाेकुलेश्वरमा हुने Public Speaking Darchula season 1 काे लाेगाे सार्वजनिक भऐकाे छ । खलंगा

राजनिती

ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्रीमा खमबहादुर गर्बुजा

कंञ्चनपुर २२ बैशाख २०८२, सोमबार : ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री खमबहादुर गर्बुजाले पदबहाली गरेका छन्।राज्यमन्त्री गर्बुजाले आज प्रधानमन्त्री केपी

प्रदेश

रातिदेखि परेको वर्षाका कारण नारायणघाट–बुटवल सडक अवरुद्ध

कंञ्चनपुर २१ बैशाख २०८२, आईतवार : हिजो रातिदेखि निरन्तर परेको वर्षाका कारण पूर्वपश्चिम राजमार्गको नारायणघाट–बुटवल सडकखण्ड अवरुद्ध भएको छ ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*