अरुणाचल प्रदेशलाइ आफ्नो क्षेत्रमा देखाउँदै चीनद्वारा नयाँ नक्सा सार्वजनिक

दार्चुला । चीनले आफ्नो प्रशासनिक नक्साको नयाँ संस्करण जारी गरेको छ । चीनले अरुणाचल प्रदेश, अक्साई चीन, ताइवान र साउथ चाइना सीलाई आफ्नो क्षेत्रमा देखाउँदै नयाँ नक्सा जारी गरेको हो ।

चिनियाँ अखबार ग्लोबल टाइम्सले ट्वीट गर्दै चीन र विश्वका विभिन्न देशको राष्ट्रिय सिमाना कोर्ने विधिको आधारमा नक्सा तयार गरिएको जनाएको छ । चीनले अरुणाचल प्रदेशलाई दक्षिणी तिब्बतको हिस्सा मान्छ ।

चीनले नक्सा सार्वजनिक गरेलगत्तै भारतले असहमति जनाउँदै विरोध गरेको छ । भारतले अरुणाचल प्रदेश सधैँ भारतको अभिन्न अङ्ग रहेको र सधैँ रहने बताएको छ । भारतीय जनता पार्टीका नेता बीजेपी नेता सुब्रमण्यम स्वामीले चीनको यो नयाँ नक्सालाई लिएर कडा प्रतिक्रिया दिनुभएको छ । उहाँले चीनको कदम रोक्न नसकेको र जवाफ नदिएको भन्दै प्रधानमन्त्री नरेन्द्र मोदीको विरोध पनि गर्नुभएको छ ।

यसअघि गएको अप्रिलमा चीनको नागरिक मामिला मन्त्रालयले अरुणाचल प्रदेशका ११ स्थानको नाम परिवर्तन गर्न अनुमोदन गरेको थियो । चीनले अरुणाचल प्रदेशको ९० हजार वर्ग किलोमिटर भूभाग दाबी गर्दै आएको छ भने भारतले पश्चिममा रहेको अक्साई चीनको ३८ हजार वर्ग किलोमिटर भूभाग चीनले अवैध रूपमा कब्जा गरेको भन्दै आफ्नो दाबी गरेको छ ।

केही दिनअघि ुब्रिक्सु सम्मेलनका क्रममा प्रधानमन्त्री मोदी र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच भेटवार्ता हुँदा सीमा विवाद हटाउने र विवादित क्षेत्रबाट सेना फिर्ता बोलाउने सहमति भएको थियो । तर भेटवार्ताको हप्ता दिन पनि नबित्दै चीनले नयाँ नक्सा जारी रेको हो । यस्तै चीनले ताइवानलाई पनि आफ्नै भूमि मान्दै नक्सामा समेटेको छ । राष्ट्रपति सी जिनपिङले ताइवानलाई एकीकरण गर्ने लक्ष्य राख्नुभएको छ ।

Uncategorized

Public Speaking Darchula season 1 काे लाेगाे सार्वजनिक

कंञ्चनपुर बैशाख २८ २०८२ : दार्चुलाकाे गाेकुलेश्वरमा हुने Public Speaking Darchula season 1 काे लाेगाे सार्वजनिक भऐकाे छ । खलंगा

राजनिती

ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्रीमा खमबहादुर गर्बुजा

कंञ्चनपुर २२ बैशाख २०८२, सोमबार : ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री खमबहादुर गर्बुजाले पदबहाली गरेका छन्।राज्यमन्त्री गर्बुजाले आज प्रधानमन्त्री केपी

प्रदेश

रातिदेखि परेको वर्षाका कारण नारायणघाट–बुटवल सडक अवरुद्ध

कंञ्चनपुर २१ बैशाख २०८२, आईतवार : हिजो रातिदेखि निरन्तर परेको वर्षाका कारण पूर्वपश्चिम राजमार्गको नारायणघाट–बुटवल सडकखण्ड अवरुद्ध भएको छ ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*