अर्थमन्त्रीको राजीनामा माग्दै निर्माण व्यवसायीको धर्ना

नेपाल निर्माण व्यवसायीहरुले निर्माण कार्यको म्याद थप गर्न माग गर्दै धर्ना दिएका छन् ।शुक्रवार काठमाडौंको माईतीघर मण्डालमा भेला भइ निर्माण व्यवसायीहरुले अर्थमन्त्री डा. प्रकाशशरण महतको राजीनामा माग गर्दै धर्ना दिएका हुन् ।

उनीहरुले निर्माण व्यवसायीहरुले गरेको कामको भुक्तानी अर्थमन्त्रीले नदिने भनेको भन्दै अर्थमन्त्रीले तत्काल राजीनामा दिनुपर्ने बताए । अर्थमन्त्री, अर्थसचिव र विकासे मन्त्रालयका मन्त्रीहरुले पनि निर्माण व्यवसायीहरुले गरेका भुक्तानी कुनैपनि किसिमबाट गर्ने प्रतिवद्धता जनाएपनि असार मसान्तसम्म निर्माण व्यवसायीले गरेका कामको भुक्तानी नपाएपछि बाध्य भएर आन्दोलन गर्नुपरेको नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले बताए । उनले सरकारले भुक्तानी नदिँदा बैंकले निर्माण व्यवसायीलाई कालोसूचिमा राखेको, मजदुरलाई पारिश्रमीक दिन नसकेको लगायतका समस्या झेल्नुपरिरहेको भन्दै सरकारले भुक्तानी गर्न नसके तत्काल यस्ता आयोजनाहरु खारेज गर्नुपर्ने बताए ।

बिरोध कार्यक्रममा बोल्दै महासंघका उपाध्यक्ष रामजी पन्तले निर्माण सम्बन्धी सम्झौता सरकारले गर्ने र व्यवसायीहरुलाई बजारबाट ऋण उठाएर निर्माण गर्न लगाउने तर सरकारले भुक्तानी नदिँदा निर्माण व्यवसाय नै धरापमा परेको बताए ।

व्यवसायीहरुले माइलस्टोनको व्यवस्था तुरुन्त खारेज गर्, मूल्य समायोजन तुरुन्त कार्यान्व्यन गर्, असार मसान्तमा निर्माण कार्यको बाँकी रकम तुरुन्त भुक्तानी गर्, निर्माण कार्यको म्याद थप गर्, व्यवसायीले आत्मदाह गर्ने क्रम बन्द गराउ लगायतका प्लेकार्ड बोकेर बिरोध जनाएका थिए ।

Uncategorized

Public Speaking Darchula season 1 काे लाेगाे सार्वजनिक

कंञ्चनपुर बैशाख २८ २०८२ : दार्चुलाकाे गाेकुलेश्वरमा हुने Public Speaking Darchula season 1 काे लाेगाे सार्वजनिक भऐकाे छ । खलंगा

राजनिती

ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्रीमा खमबहादुर गर्बुजा

कंञ्चनपुर २२ बैशाख २०८२, सोमबार : ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री खमबहादुर गर्बुजाले पदबहाली गरेका छन्।राज्यमन्त्री गर्बुजाले आज प्रधानमन्त्री केपी

प्रदेश

रातिदेखि परेको वर्षाका कारण नारायणघाट–बुटवल सडक अवरुद्ध

कंञ्चनपुर २१ बैशाख २०८२, आईतवार : हिजो रातिदेखि निरन्तर परेको वर्षाका कारण पूर्वपश्चिम राजमार्गको नारायणघाट–बुटवल सडकखण्ड अवरुद्ध भएको छ ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*