
कंञ्चनपुर मङ्सिर २६ :
नेपाल आयल निगमका कार्यकारी निर्देशक उमेश प्रसाद थानीले पदबाट राजीनामा दिएका छन्। मंगलबार अपराह्न ४ बजे उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा पुगेर थानीले राजीनामा दिएका हुन् । दिउसो ४ बजे मन्त्रालयमा उद्योग मन्त्री रमेश रिजाल समक्ष राजीनामा पेश गरेका थिए । निगममा २१ महिना बिताएर कार्यकाल सकिन १५ महिना अगावै थानीले पदबाट राजीनामा दिएका हुन् ।
थानी खुल्ला प्रतिस्पर्धाबाट २०७८ फागुनमा तीन वर्षे कार्यकालका लागि निगमको कार्यकारी निर्देशक पदमा नियुक्त भएका थिए।
Be the first to comment