इजरायलमा गोली लागेका छोराको फोन : बुवा बाँचेछु भने आउँछु, नत्र अन्तिम भेट यही हो’

कंञ्चनपुर असाेज २२ :

प्यालेस्टाइनको लडाकू समूह हमासले आक्रमण सुरु गरेपछि इजरायलमा शनिबारदेखि तनाव छ । त्यो तनावको खबरले दाङको दंगीशरण गाउँपालिका ३ हेकुलीका ५२ वर्षीय निमबहादुर डाँगीको घरमा पनि शनिबार बेलुकीदेखि नै चुलो बलेको छैन । इजरायलको युद्धग्रस्त क्षेत्रमै रहेका छोरा २२ वर्षीय प्रविण डाँगीसँग सम्पर्क टुटेपछि उनको परिवार बेचैन छ । आक्रमणमा छोरा प्रवीण गोली लागेर घाइते भएको खबर सुनेपछि त झन् बाबु निमबहादुरको होशहवास नै छैन । उनी युद्धग्रस्त क्षेत्रमा घाइते छोरासँग सम्पर्क हुने आशमा घरी मोबाइल हेर्छन्, घरी इजरायलमा भएको आक्रमणबारे आइरहेका समाचार ।

गत भदौ २६ गते बीएस्सी एजी पढेर थप ११ महिने प्रयोगात्मक अध्ययनका लागि इजरायल गएका थिए, प्रवीण । शनिबार आक्रमण भएलगत्तै बिहान ११ बजे छोरासँग उनको सम्पर्क भएको थियो । ‘मर्ने भएँ बुवा, बाँचेछु भने आउँछु, नत्र अन्तिम भेट यही हो’ निमबहादुरले छोरासँग भएको संवाद सुनाए । प्रवीणले त्यसो भनेको बेला घरका सबै सदस्यसँग आधा घण्टा कुरा गरे । त्यसपछि छोरासँग उनको सम्पर्क हुन पाएन ।

आइतबार बिहान १२ बजे निमबहादुरको पुन प्रवीणसँग सम्पर्क भयो । ‘दुईवटा खुट्टामा गोली लागेको छ, एउटा खुट्टा छियाछिया भएको छ रे, अस्पतालले पनि हेरेको छैन रे’ छोराको खबरबारे सुनाउँदा सुनाउँदै निमबहादुरको गला अवरुद्ध भयो । सात समुद्रपारि घाइते भएको छोराको खबरले विक्षिप्त भएका निमबहादुर त्यसपछि बोल्न चाहेनन् ।

आइतबार छोरा प्रवीणसँग निमबहादुरको सम्पर्क हुँदा दंगीशरण गाउँपालिका ३ हेकुलीका वडाध्यक्ष सुकलाल चौधरी सँगै थिए । उनले प्रवीण र उनको परिवारसँग भएको कुराकानीबारे बताए । उनका अनुसार आज दिउँसो प्रवीण र बाबुबीच करिब दुईदेखि तीन मिनेट भिडियो कल भएको थियो । फोनमा भएको कुराकानीमा प्रवीणले आफू अस्पतालमा रहेको र दुईवटा खुट्टामा गोली लागेको बताएका थिए । ‘भिडियो कलमा कुरा गर्दा उनी अस्पतालको बेडमा पल्टिएका थिए । नाकमा पाइप लगाइएको थियो । खुट्टामा गोली लागेको छ, एउटा खुट्टा भाँचिएको छ भन्थे’, वडाध्यक्षले बताए ।

वडाध्यक्ष चौधरीका अनुसार प्रवीणले आफ्नो खुट्टाको घाउ भिडियोमा देखाउन कोसिस गर्दै थिए । त्यसैबेला एक जना नर्स आइन् र फोन सम्पर्क टुट्यो । त्यसयता प्रवीणसँग पुनः सम्पर्क भएको छैन । प्रवीणले आफ्नो अगाडि दुई जना नेपालीको शव देखेको बताएको वडाध्यक्ष चौधरीले जानकारी दिए ।

परिवारले प्रवीणका बारेमा छिटोभन्दा छिटो सरकारले राजदूतावास मार्फत सम्पर्क गरेर वास्तविक अवस्था पत्ता लगाइदिन आग्रह गरेका छन् । छोरा घाइते भएको खबर पाएका उनको परिवारले सुरक्षित स्थान लगेर उपचार गरी ज्यान बचाइदिन र उद्धार गरिदिन माग गरेका छन् । निमबहादुरका तीन भाइ छोरा छन् । प्रवीण कान्छा हुन् । अरु दुई छोरा साउदी र कुवेतमा छन् । घरमा निमबहादुर सहित उनकी श्रीमती, बुहारी र एक जना नातिनी छन् ।

Uncategorized

Public Speaking Darchula season 1 काे लाेगाे सार्वजनिक

कंञ्चनपुर बैशाख २८ २०८२ : दार्चुलाकाे गाेकुलेश्वरमा हुने Public Speaking Darchula season 1 काे लाेगाे सार्वजनिक भऐकाे छ । खलंगा

राजनिती

ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्रीमा खमबहादुर गर्बुजा

कंञ्चनपुर २२ बैशाख २०८२, सोमबार : ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री खमबहादुर गर्बुजाले पदबहाली गरेका छन्।राज्यमन्त्री गर्बुजाले आज प्रधानमन्त्री केपी

प्रदेश

रातिदेखि परेको वर्षाका कारण नारायणघाट–बुटवल सडक अवरुद्ध

कंञ्चनपुर २१ बैशाख २०८२, आईतवार : हिजो रातिदेखि निरन्तर परेको वर्षाका कारण पूर्वपश्चिम राजमार्गको नारायणघाट–बुटवल सडकखण्ड अवरुद्ध भएको छ ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*