उत्पादन वृद्धि र रोजगार सृष्टिमा सरकार दृढ छः प्रधानमन्त्री दाहाल

उत्पादन वृद्धि र रोजगार सृष्टिमा सरकार दृढ छः प्रधानमन्त्री दाहाल

कंञ्चनपुर :

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उत्पादन वृद्धि र रोजगार सृष्टिमा सरकार दृढ रहेको बताउनुभएको छ । अखिल नेपाल ट्रेड युनियन महासंघका नवनिर्वाचित पदाधिकारीहरुको पदस्थापन तथा सपथ ग्रहण कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले उक्त कुरा बताएका हो । उहाँले प्रधानमन्त्रीले भन्नुभयो, ‘हामीले काम गर्दै जाँदा धेरै खालका अफ्ट्याराहरु छन् । हामीले सुशासन र आर्थिक समृद्धिका पक्षमा, मुख्य त भ्रष्टाचार विरुद्ध कदम चालेको हुनाले जनतामा निकै आशा र भरोसाको संचार भएको छ । सरकार जस्तोसुकै अफ्ट्याराहरु सामना गरेर जाने शक्तिको स्रोत जनताको विश्वास र भरोसा नै हो ।’

नेतृत्वले निकै ठुला दबाब र घेराबन्दीका बाबजुद सुशासनको पक्षमा काम गरिरहेको बताउँदै प्रधानमन्त्रीले जनताको भरोसा र विश्वास रहेसम्म जस्तोसुकै घेराबन्दी र दबाब झेलेरै सुशासन र समृद्धिको पक्षमा सरकार अघि बढ्ने बताउनुभयो । तीन ठुला दलका शीर्ष नेताहरू बीच हुने गरेको छलफलका विषयलाई नक्कली भुटानी शरणार्थी प्रकरणसँग जोडेर नबुझ्न उहाँको आग्रह थियो । शेरबहादुर देउवा र केपी ओलीसँगको आफ्नो छलफल संसद् संचालनको विषयमा हुने गरेको प्रधानमन्त्रीले स्पष्ट गर्नुभयो । सदनलाई कसरी प्रभावकारी रुपमा सुचारु गर्ने भन्ने मै हामीहरुका बीचमा छलफल भएको हो, प्रधानमन्त्रीले भन्नुभयो ।

देशमा नेपाली जनताले दशकौं संघर्ष गरेर ल्याएको संघीय लोकतान्त्रिक गणतन्त्रमाथि हिलो छ्याप्ने कोशिश हुने गरेको भन्दै परिर्वतनका पक्षमा फेरि एकचोटी सहकार्यको आवश्यकता हुनसक्छ भनेर आफूहरु छलफलमा बस्ने गरेको प्रधानमन्त्रीको भनाई थियो । उहाँले सुशासनको निम्ति नक्कली भुटानी शरणार्थी मात्रै नभई भ्रष्टाचारका सबै फाइलहरु खोलिने विश्वास दिलाउनुभयो । एक अर्काे प्रसंगमा छिमेकी मुलुक भारतको भ्रमणका बारेमा स्पष्ट गर्दै प्रधानमन्त्रीले नेपालको राष्ट्रिय हितका लागि भारत भ्रमण फलदायी बनाउने हुने बताउनुभयो ।

राष्ट्रिय समाचार

टेरामेक्स घाेटालमा पुर्व मन्त्री बस्नेत विरूद्व भष्चारकाे मुद्दा दायर

कंञ्चनपुर जेठ ०१ २०८२ : नेपाली कांग्रेस नेता एवम् पुर्व स्वास्थ्य मन्त्री मोहन बस्नेतविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।

Uncategorized

Public Speaking Darchula season 1 काे लाेगाे सार्वजनिक

कंञ्चनपुर बैशाख २८ २०८२ : दार्चुलाकाे गाेकुलेश्वरमा हुने Public Speaking Darchula season 1 काे लाेगाे सार्वजनिक भऐकाे छ । खलंगा

राजनिती

ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्रीमा खमबहादुर गर्बुजा

कंञ्चनपुर २२ बैशाख २०८२, सोमबार : ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री खमबहादुर गर्बुजाले पदबहाली गरेका छन्।राज्यमन्त्री गर्बुजाले आज प्रधानमन्त्री केपी

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*