
कंञ्चनपुर पुस २३ : नेकपा (एकीकृत समाजवादी) पार्टी निकट एकीकृत सरकारी कर्मचारी संगठनको टोली सुदूरपश्चिम पुगेको छ । संगठनको टोलीले दार्चुलाको सदरमुकाम खलंगामा पहिलो भेलाको आयोजना गरेको छ । उक्त कार्यक्रममा संगठनका वरिष्ठ उपाध्यक्ष याम बहादुर खत्री कार्यक्रमको प्रमुख थिए , कर्मचारी संगठनका केन्द्रीय उपाध्यक्ष दिनेश लम्साल महासचिव प्रकाश राई र सचिव हरिहर गाैतमको समेत उपस्थिति थियो । भेला साेचेभन्दा राम्रो रहेकाे महासचिवले भने । पहिले संगठन मा रहेका साथि कता गए हामी कता जाने भनरे बसेका साथी पनि आजबाट हाम्रो संगठन मा आउनु भएकाे छ सचिव गाैतम भने ।
उक्त भेलाबाट संयाेजक कुमारधर भट्ट र सचिव चन्दाकान्ता अवस्थी रहने गरि १३ सदस्यीय कमिटी गठन गरेकाे संयोजक कुमारधर भट्टले बताउनु भयाे समय छाेटाे भएकाले केही साथिहरू आउन तथा भेटघाट हुन पाएन तर हाम्रो संगठनमा आउन चाहेका साथिहरू धेरै छन् । हामी छिटो भन्दा छिटो जिल्ला अधिवेशन गर्ने र नयाँ कर्मचारी साथिहरूलाई पनि संगठन मा जाेडने प्रयास गर्ने छाैं संयोजक भट्ट ले भनुभयाे ।
Be the first to comment