कोप–२८ सम्मेलनलाई प्रधानमन्त्री दाहालले आज सम्बोधन गर्ने  

कंञ्चनपुर मङ्सिर १६ :

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय सम्मेलन (कोप–२८) सम्मेलनलाई सम्बोधन गर्दैछन् । बिहीबार सुरु भएको सम्मेलनमा हिजो र आज सम्मेलनमा सहभागी राज्य सरकार र प्रमुखहरूले सम्बोधन गर्ने कार्यतालिका अनुसार प्रधानमन्त्री दाहालले आज सम्बोधन गर्न लागेका हुन् ।

प्रधानमन्त्री दाहालले सम्मेलनमा जलवायु अनुकूलनमा थप प्रतिबद्धता र कार्यान्वयन, जलवायु परिवर्तन न्यूनीकरण, जलवायु वित्त, हानी तथा नोक्सानी, पेरिस सम्झौताको विश्वव्यापी प्रगति समीक्षा, पर्वतीय राष्ट्रहरूका समस्याको पहिचान र सम्बोधनका विषयलाई महत्वका साथ उठाउने तयारी गरेका छन् । प्रधानमन्त्री दाहालले आजै ‘कल अफ दी माउन्टेन : हु सेभ अफ फ्रम दी क्राइसिस’ नामको उच्चस्तरीय बैठकमा सहभागिता जनाउने छन् । भ्रमणका क्रममा प्रधानमन्त्री दाहालले विभिन्न साइडलाइन वार्ता र उच्चस्तरीय भेटवार्तासमेत गर्दै छन् ।

प्रधानमन्त्री दाहाल सम्मेलनमा भाग लिन बुधबार राति नेपाल एयरलाइन्सको जहाजमार्फत संयुक्त अरब इमिरेट्स (यूएई) गएका थिए । उनीसहितको टोली भोलि स्वदेश फर्किनेछ ।

Uncategorized

Public Speaking Darchula season 1 काे लाेगाे सार्वजनिक

कंञ्चनपुर बैशाख २८ २०८२ : दार्चुलाकाे गाेकुलेश्वरमा हुने Public Speaking Darchula season 1 काे लाेगाे सार्वजनिक भऐकाे छ । खलंगा

राजनिती

ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्रीमा खमबहादुर गर्बुजा

कंञ्चनपुर २२ बैशाख २०८२, सोमबार : ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री खमबहादुर गर्बुजाले पदबहाली गरेका छन्।राज्यमन्त्री गर्बुजाले आज प्रधानमन्त्री केपी

प्रदेश

रातिदेखि परेको वर्षाका कारण नारायणघाट–बुटवल सडक अवरुद्ध

कंञ्चनपुर २१ बैशाख २०८२, आईतवार : हिजो रातिदेखि निरन्तर परेको वर्षाका कारण पूर्वपश्चिम राजमार्गको नारायणघाट–बुटवल सडकखण्ड अवरुद्ध भएको छ ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*