कोरियन भाषा परीक्षामा अहिलेसम्मकै धेरै आवेदन

कंञ्चनपुर पुुस ९ : दक्षिण कोरियामा काम गर्न जाने भाषा परीक्षाको लागि अहिलेसम्मकै धेरै आवेदन परेको छ । गएको पुस २ गतेदेखि ६ गतेसम्मको अवधिमा एकलाख ४३ हजारभन्दा बढीले आवेदन दिएका ईपीएस शाखाले जनाएको छ । शाखाका अनुसार यो सङ्ख्या अनलाइन प्रणालीबाट आवेदन दिने व्यवस्था भएयताकै धेरै हो । शाखाले तीन वर्षदेखि अनलाइनमार्फत ईपीएसको आवेदन दिन सकिने व्यवस्था गरेको छ । गएको साउनमा भएको परीक्षामा अनुत्तीर्ण भएकाले समेत परीक्षा दिन पाउने व्यवस्था भएपछि आवेदन धेरै परेको हो । अहिले खोलिएको आवेदनको परीक्षा मिति भने तोक्न बाँकी छ ।

दक्षिण कोरिया सरकारले उत्पादनमूलक क्षेत्रका लागि सन् २०२४ मा नेपालबाट १५ हजार ८४८ नेपाली रोजगारीका लागि लैजाने भनेको छ । रोजगारीका लागि कोरिया जान पहिले भाषा परीक्षा उत्तीर्ण गर्नुपर्छ । कोरिया सरकारले सन् २००८ देखि औपचारिक रुपमा नेपाली श्रमिक लैजान थालेको हो ।

प्रदेश

लेकमकाे जयपुरमा भाेलि रात्रीजात्रा लाग्दै

शैल्यशिखर ८ दार्चुला : दार्चुलाको लेकम गाउँपालिका ५ जयपुरमा भाेलि रात्रीकालिन जात्रा लाग्ने भएकाे छ । हरेक बर्ष कार्तिक शुक्लपक्षको

प्रदेश

दार्चुलामा रास्वपाकाे नयाँ नेतृत्व चयन सभापतिमा सामन्त

शैल्यशिखर ८ दार्चुला : दार्चुलामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नयाँ नेतृत्व चयन गरेकाे छ । सोमबार भएकाे जिल्ला भेला

प्रदेश

शैल्यशिखर ७ देवथलीमा आज रात्रीकालिन जात्रा लाग्दै

शैल्यशिखर ८ दार्चुला : दार्चुलाको शैल्यशिखर नगरपालिका -७ देवथलीमा अवस्थित मालिकार्जुन मन्दिरमा आज रात्रीकालिन जात्रा लाग्नेभएको छ।जात्रा अबधिमा मदिरा तथा

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*