
घोराही सिमेन्ट इण्डष्ट्री लिमिटेडले सर्वसाधारणको लागि निष्काशन गरेको आईपीओ बाँडफाँट भएको छ । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक नविल इन्भेष्टमेन्ट मर्चेन्ट बैंकिङ्गको कार्यालयमा दिउँसो ३ः३० बजे शेयर बाँडफाँट भएको हो ।
कम्पनीको आईपीओमा ५ लाख ८१ हजार ५४६ जनाले आवेदन परेको थियो । त्यस मध्ये २३ हजार ८४५ जनाको आवेदन रद्ध भएका छन् । त्यस अनुसार ५ लाख ५७ हजार ७०१ जना योग्य आवेदन परेको थियो ।
कम्पनीको आईपीओ १० कित्तादेखि ७० कित्तासम्म आवेदन दिएका ५ लाख ५३ हजार ४४ जनालाई माग अनुसार पाएका छन् । यस्तै ८० देखि ३० हजार कित्तासम्म आवेदन दिएका ४ हजार ६५७ जनालाई ७० कित्ताका दरले शेयर वितरण गरेको छ ।
Be the first to comment