टीकपुर घटना रेशम चौधरीकै नेतृत्वमा भएको सर्वोच्च अदालतको ठहर

कंञ्चनपुर :

सर्वोच्च अदालतले आठजनाको ज्यान जाने गरी भएको टीकापुर घटना रेशम चौधरीकै नेतृत्वमा भएको ठहर गरेको छ । सर्वोच्च अदालतले सार्वजनिक गरेको टीकापुर घटनासम्बन्धी मुद्दाको फैसलाको पूर्णपाठमा रेशम चौधरीकै नेतृत्वमा टीकापुर घटना भएको उल्लेख गरिएको छ ।

सर्वोच्च अदालतको फैसलाको पूर्णपाठ नआउँदै सत्ता समीकरण जोगाउन सरकारले नागरिक उन्मुक्ति पार्टीका संरक्षक तथा पूर्वसांसदसमेत रहेका रेशम चौधरीलाई आममाफी दिएर जेलमुक्त गरिएको छ । सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई माफी मिनाहा गरेका थिए ।सर्वोच्च अदालतले फैसलाको पूर्णपाठ सार्वजनिक गर्दै टीकपुर घटनालाई ‘क्रुर अमानवीय र सभ्य समाजमा सोच्नै नसकिने खालको घटना’ भनी व्याख्या गरेको छ ।

‘रेशम चौधरी नेतृत्वको भिडले जीवनदानको भिख मागेका ८ जना प्रहरी कर्मचारीलाई लाठी ढुङ्गा, बन्चरो प्रहार गरी, आँखामा भाला रोपी शरीरमा खर, पेट्रोल, मट्टितेल खन्याई जलाउने र शवहरू क्षत–विक्षत गर्ने जस्तो सभ्य समाजको अपेक्षा र मानवीय चेतना विरूद्ध अत्यन्त अमानवीय, क्रुर र निर्मम ढङ्गले ज्यान मारेको देखिन आई कसुर शङ्कारहित तवरले पुष्टि हुन आयो,’ फैसलाको पूर्णपाठमा उल्लेख छ ।

प्रदेश

लेकमकाे जयपुरमा भाेलि रात्रीजात्रा लाग्दै

शैल्यशिखर ८ दार्चुला : दार्चुलाको लेकम गाउँपालिका ५ जयपुरमा भाेलि रात्रीकालिन जात्रा लाग्ने भएकाे छ । हरेक बर्ष कार्तिक शुक्लपक्षको

प्रदेश

दार्चुलामा रास्वपाकाे नयाँ नेतृत्व चयन सभापतिमा सामन्त

शैल्यशिखर ८ दार्चुला : दार्चुलामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नयाँ नेतृत्व चयन गरेकाे छ । सोमबार भएकाे जिल्ला भेला

प्रदेश

शैल्यशिखर ७ देवथलीमा आज रात्रीकालिन जात्रा लाग्दै

शैल्यशिखर ८ दार्चुला : दार्चुलाको शैल्यशिखर नगरपालिका -७ देवथलीमा अवस्थित मालिकार्जुन मन्दिरमा आज रात्रीकालिन जात्रा लाग्नेभएको छ।जात्रा अबधिमा मदिरा तथा

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*