डेंगी नियन्त्रण : सरकारको सरसफाइ अभियान सञ्चालन 

Aedes aegypti Mosquito. Close up a Mosquito sucking human blood,Mosquito Vector-borne diseases,Chikungunya.Dengue fever.Rift Valley fever.Yellow fever.Zika.Mosquito on skin

कंञ्चनपुर कार्तिक ०९ : रकारले डेङ्गीको महामारी फैलन नदिन आज देशभरका सरकारी कार्यालय परिसर सरसफाइ अभियान सञ्चालन गर्ने भएको छ । बिहीबार साँझको मन्त्रिपरिषद् बैठकले आज बिहान १० बजे देशभरका सम्पूर्ण सरकारी कार्यालय परिसरमा सरसफाइ गर्ने निर्णय गरेको हो । 

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद्बाट उक्त निर्णय भएको सरकार प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए । “डेङ्गी फैलन नदिन पानी जम्ने ठाउँ, मोटर ग्यारेज, कवाडी स्टोरलगायत जोखिम भएका स्थानमा सरसफाइ अभियान सुरु गर्ने स्वासथ्य मन्त्रालयको प्रस्तावअनुसार नै डेङ्गी नियन्त्रण अभियान सञ्चालन गर्ने निर्णय भएको हो”, उनले भने 

यसैबीच, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले मन्त्रिपरिषद्को निर्णयानुसार आज बिहान १० बजे आ–आफ्ना कार्यालय परिसरमा सरसफाइ गरी डेङ्गी नियन्त्रण अभियान सञ्चालन गर्न मातहतका कार्यालयलाई निर्देशनसमेत दिएको छ । 

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले देशका केही जिल्लामा डेङ्गीको प्रकोप बढिरहेकाले यसलाई तत्कालै रोकथाम गर्न सरकारले आज बिहान १० बजे देशव्यापी रुपमा ‘लामखुट्टे खोजी र नष्ट’ अभियान थाल्न लागेको जानकारी दिए । उनले डेङ्गी नियन्त्रणमा सक्रिय सहभागिताका लागि सरोकारवाला निकाय, निजामति कर्मचारी, सुरक्षा निकाय, सामाजिक अभियन्ताका साथै आमनागरिक समक्ष आग्रह गरेका छन् । 

प्रदेश

लेकमकाे जयपुरमा भाेलि रात्रीजात्रा लाग्दै

शैल्यशिखर ८ दार्चुला : दार्चुलाको लेकम गाउँपालिका ५ जयपुरमा भाेलि रात्रीकालिन जात्रा लाग्ने भएकाे छ । हरेक बर्ष कार्तिक शुक्लपक्षको

प्रदेश

दार्चुलामा रास्वपाकाे नयाँ नेतृत्व चयन सभापतिमा सामन्त

शैल्यशिखर ८ दार्चुला : दार्चुलामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नयाँ नेतृत्व चयन गरेकाे छ । सोमबार भएकाे जिल्ला भेला

प्रदेश

शैल्यशिखर ७ देवथलीमा आज रात्रीकालिन जात्रा लाग्दै

शैल्यशिखर ८ दार्चुला : दार्चुलाको शैल्यशिखर नगरपालिका -७ देवथलीमा अवस्थित मालिकार्जुन मन्दिरमा आज रात्रीकालिन जात्रा लाग्नेभएको छ।जात्रा अबधिमा मदिरा तथा

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*