
कंञ्चनपुर भाद्र २६ : तनहुँकाे आबुखैरेनीमा बस दुर्घटना भएको छ । बुधबार दिउँसाे आबुखैरेनी गाउँपालिकास्थित वडा नम्बर २ र ३ जोड्ने खहरे खोलामा बस दुर्घटना भएको हो । दुर्घटनामा परी ११ जना घाइते भएका छन्। तीमध्ये ९ जनाकाे अवस्था सामान्य रहेकाे छ भने २ को अवस्था मध्यम रहेको छ । उक्त बसमा १५ जना सवार रहेका थिए । दुर्घटना हुने ग १ ख ९४०२ नम्बरको बस पूर्वबाट पश्चिमतर्फ जाँदै थियाे ।
तनहुँ प्रहरीका अनुसार बस नयाँ र पुरानो दुई वटा पुलको बीचबाट तल खहरेमा खोल्सामा खसेको हाे । यतिबेला उद्धार कार्य भइरहेकाे छ
Be the first to comment