
कंञ्चनपुर माघ ५ : दार्चुलामा बस दुर्घटना भएको छ । दार्चुला देखि कञ्चनपुरको महेन्द्रनगरका लागि छुटेको महाकाली यातायातको सु.प.प्र ०२ ००१ ख १०३१ नम्बरको बस आज करिब ६ बजेतिर महाकाली नगरपालिका वडानम्बर–५ को डम्पिङ साइट नजिक दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । दुर्घटनामा परि घाइते भएका १५ जनालाई जिल्ला अस्पताल दार्चुला पुगाएको र उद्धार कार्य जारी रहेकोले थप विवरण आउन बाकी रहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सुचना अधिकारी ज्ञानेन्द्रबहादुर सिंहले जानकारी दिनुभयो ।
बस सडकबाट करिब २० मिटर तल खसेको जनाएको छ । दुर्घटना कसरी हुन पुग्यो भन्नेबारे अनुसन्धान भइरहेको सिंहले बताउनुभयो ।
Be the first to comment