
कंञ्चनपुर माघ १० : राष्ट्रिय स्वतन्त्र पार्टी दार्चुलाले दुई महिने संगठन विस्तार विशेष कार्यक्रम सञ्चालन गर्ने भएको छ । पहिलो चरणमा जिल्ला स्तरीय प्रशिक्षण कार्यक्रम संचालन गर्ने र त्यसपछि जिल्लाका सबै वडामा पुग्नेगरी संगठन विस्तार कार्यक्रम गर्न लागेको जिल्ला उप-सभापति राजेन्द्र पन्तले जानकारी दिए । राष्ट्रिय स्वतन्त्र पार्टीले माघ र फागुन महिनामा संगठन निर्माण विशेष महिनाको रूपमा लिएको उप-सभापति पन्तले जानकारी दिए । अभियानको चरणमा जिल्लाका सबै वडा तथा पालिकामा तदर्थ समिति गठन गर्ने पार्टीको तयारी छ ।
Be the first to comment