
कंञ्चनपुर : दुर्गा प्रसाईंलाई १२ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएकाे छ । प्रसाईंलाई म्याद थपका लागि प्रहरीले पक्राउ गरेर जिल्ला अदालत काठमाडौंमा उपस्थित गराएकाे थियाे । अदालतले प्रसाईंलाई १२ दिन थुनामा अनुमति दिएकाे छ । केन्द्रीय प्रहरी विशेष ब्युरोबाट खटिएको टोलीले व्यवसायी प्रसाईंलाई झापाको चन्द्रगढी विमानस्थल हुँदै काठमाडौं ल्याएकाे थियाे ।
गत चैत्र १५ गतेको राजावादीहरुको आन्दोलनको क्रममा प्रसाईंले निषेधित क्षेत्र तोडेर गाडी चलाएका थिए । आन्दोलनको क्रममा दुई जनाको ज्यान समेत गएको थियो । त्यसपछि प्रसाईं फरार रहेका थिए ।
Be the first to comment