
कंञ्चनपुर पुस ०६ गते : नेकपा ऐमालेका युवा नेता तथा २०७९ सालकाे निर्वाचनमा दार्चुला जिल्ला प्रदेश सभा क क्षेत्रबाट प्रदेश सभा सदस्य पदका उम्मेदवार हरदेव जाेशीले निर्वाचन आफू पराजित भएपनि सधै जनताकाे बीचमा जनता सँगै हातेमालाे गर्दै अगाडि बढीरहेकाे बताएका छन् । बिहीबार दुहु गाउँपालिका वार्ड नम्बर ३ काे वडा प्रशिक्षण कार्यक्रमलाई सम्बाेधन गर्दै जाेशीले लाेकतन्त्रमा हारजित स्वाभाविक प्रक्रिया हाे म चुनाव हारे पनि सधैँ तपाईहरूकै बीचमा छु , साथै निर्वाचित जनप्रतिनिधि साथिहरूलाई पनि जनताकाे पक्षमा काम गर्न अनराेध समेत गरेका छन् ।
Be the first to comment