नेपाल पर्यटन बोर्डको सीईओमा दीपकराज जोशी नियुक्त

कंञ्चनपुर भाद्र २१ : नेपाल पर्यटन बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा दीपकराज जोशी नियुक्त भएका छन् । बिहीबार बसेको पर्यटन बोर्ड सञ्चालक समितिको बैठकले अगामी ४ वर्षका लागि बोर्डकै पूर्वसीईओ जोशीलाई नियुक्त गरेको हो । बोर्डमा सीईओ नियुक्तिका लागि बोर्डका सदस्यद्वय मिलन देवकोटा र मदन आचार्य तथा पर्यटन मन्त्रालयकी सहसचिव इन्दु घिमिरेको एक उपसमितिले बोर्डको सीईओ छनोट गर्न तीन जनाको नाम छनोट गरेको हो । उपसमितिले सिफारिश गरेको तीन जनामध्येबाट बोर्डले जोशीलाई नियुक्त गरेको हो।

पर्यटन बोर्डमा गत माघ १६ गतेदेखि निवर्तमान सीईओ डा. धनन्जय रेग्मीको कार्यकाल सकिएपछि उक्त पद रिक्त छ । बोर्डको सीईओ छनोट उपसमितिले गत चैत २४ गते मागेको खुला आवेदनबाट सीईओका लागि योग्य उमेदवारमध्ये उत्कृष्ट ३ जनाको नाम छनोट गरेको थियो । उपसमितिले सोमबार प्रस्तुतीकरण र मंगलबार अन्तर्वार्ता लिएर बुधबार उत्कृष्ट ३ जनाको नाम छनोट गरेको हो । छनोट समितिमा बोर्डका निवर्तमान सीईओ डा. धनन्जय रेग्मी र पर्यटन विद् ज्ञानेश्वर महतोसँगै पूर्व सीइओ दीपकराज जोशीको नाम सिफारिस भएकोमा जोशी सीइओ नियुक्त भएको हो ।

बोर्डको सीईओको लागि बोर्डकै कर्मचारी श्रद्धा श्रेष्ठ, हिक्तसिंह ऐर, लक्ष्मण गौतम दीपक बस्ताकोटी, ठाकुरप्रसाद देवकोटा, विजय नेपाल, राजाराम गिरी, ज्ञानिन राई, नवीन पोखरेल, सूर्यबहादुर घिमिरे र सन्तोषविक्रम थापाले समेत प्रतिस्पर्धामा सहभागी भएका थिए ।

राष्ट्रिय समाचार

टेरामेक्स घाेटालमा पुर्व मन्त्री बस्नेत विरूद्व भष्चारकाे मुद्दा दायर

कंञ्चनपुर जेठ ०१ २०८२ : नेपाली कांग्रेस नेता एवम् पुर्व स्वास्थ्य मन्त्री मोहन बस्नेतविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।

Uncategorized

Public Speaking Darchula season 1 काे लाेगाे सार्वजनिक

कंञ्चनपुर बैशाख २८ २०८२ : दार्चुलाकाे गाेकुलेश्वरमा हुने Public Speaking Darchula season 1 काे लाेगाे सार्वजनिक भऐकाे छ । खलंगा

राजनिती

ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्रीमा खमबहादुर गर्बुजा

कंञ्चनपुर २२ बैशाख २०८२, सोमबार : ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री खमबहादुर गर्बुजाले पदबहाली गरेका छन्।राज्यमन्त्री गर्बुजाले आज प्रधानमन्त्री केपी

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*