बनारसीधाममा ऐतिहासिक कोटीहोम: अतिरुद्राभिषेक अष्टोत्तरशतभागवत महायज्ञको तयारी गरिदै

कंञ्चनपुर २९ कार्तिक २०८१, बिहीबार :  बैतडीको बनारसी धाममा सहस्त्रचण्डी कोटीहोम १ सय ८ श्रीमद्भागवत महापुराण अतिरुद्राभिषेक तयारी सुरु भएको छ ।बनारसीधामविश्वनाथ ज्योतिर्लिङ्ग मन्दिर पाटन नगरपालिका–३ मा पर्ने बनारसी धाम विश्वनाथ परिसर सरयु गोमतीको संगम क्षेत्रमा सहस्त्रचण्डी कोटीहोम १०८ भागवत महापुराण, १ हजार १ सय ११ कन्या पूजन, सवा पाँच कोटी दिप प्रज्वलन, ५ सय ५५ ब्राह्मण भोजन, ५ हजार ५ सय ५५ शालीग्रामसिला पुजन, ४ हजार ४ सय ४४ कलश पुजन, १ सय ८ अखण्ड रामायण पाठपारायण, गायत्रीमहामृत्युञ्जय पुरश्चरण, आत्ममहापुराण,बिष्णुधर्मोत्तरपुराण वाशुकीपुराण, वाराहिसंहिता, १०८ उपनिषद्, चारवेद मृदंगपाठ प्रत्येक दिन सवालाख दीप प्रज्वलनगरी आरती गर्ने र गंगा संगममा चारपल्ट महा आरती गरिने साथै विविध पाठपारायणको आयोजना गर्ने बिषयमा समितिमा छलफल भएको हो । साथै अतिरुद्राभिषेक यज्ञ १४ हजार ६ सय ४१ आवृती, शतपतब्राह्मण पाठपारायण, शिवपञ्चाक्षरी मन्त्र सवालाखजप, वैदिक नवग्रहमन्त्र सवालाखजप, बास्तुमन्त्र सवालाखजप, पञ्चायन देवता सम्बद्ध बैदिकमन्त्रको सवा लाखजप, पाञ्चायन देवतासम्वद्ध अथर्वशिर्षपाठ १ हजार १ सय ८ , श्रीमद्भगवत्गीतापाठ १ हजार एक सय ८ पाठ, श्रीशिवसूक्तपाठ ११ सय ११, श्रीसूक्तपाठ, ११ सय ११, श्रीपुरुषसूक्त पाठ, ११ सय ११, श्रीकनकधारास्तोत्रपाठ ११ सय ११, श्रीबटुकभैरवस्तोत्रपाठ ११ सय ११, श्रीविष्णुसहस्रनामपाठ ११ सय ११, शिवमहिम्नपाठ ११ सय ११, शिवताण्डव स्तोत्रपाठ, ११ सय ११, नवग्रहसम्वद्धसूक्त, स्तोत्र आदिको पाठ, अभिषेक, जप, हवन सबैको दशांशहवन, तर्पण, मार्जन, ब्राह्मण भोजन, गोदान, तुलादान, ८४ शिद्ध पुजन, ६४ लिङ्गतोभद्र पूजन सामूहिक ब्रतबन्ध, पञ्चायनमहापुराण, शिवलाई प्रधानमानी शिवमहापुराण, गणेश महापुराण, विष्णु महापुराण, श्रीमद्देवीभागवतमहापुराण, सूर्यपुराण, साम्बपुराण, कालिकापुराण,स्कन्दमहापुराण, पदमपुराण, मानसखण्ड, हिमवत्खण्ड, नेपालमहातम्य, महाकालसंहिता पाठपरायण आदि विविध कार्यक्रमको वैदिक पद्धति अनुसार उचित उत्तम शुभ साइतमा सम्पन्न गरिने ज्योतिषाचार्य पण्डित गणेश पन्तले बताए । बनारसी धामविश्वनाथ सेवा समाजका अध्यक्ष उत्तर बहादुर चन्दको अध्यक्षतामा कर्तिक २० गते मंगलबार बसेको बैठकले स्रोत साधन र समय अनुसार आर्थिक अवस्था हेरी उपयुक्तहुने धार्मिक अनुष्ठान, यज्ञ सञ्चालन गर्ने निर्णय सवै पक्षको अवस्था हेरी सञ्चालन गर्ने निर्णय गरेको छ ।ऐतिहासिक अतीरुद्राभिषेक धनधान्याञ्चल विश्व विराट संगितमय ज्ञान महायज्ञ कोटीहोममा नेपाल राष्ट्रका प्रथम ऐतिहासिक जगद् गुरू अनन्त श्री विभुषित श्री बालसन्त मोहनशरण देवाचार्य महाराज श्री जी, वाचन प्रविण पण्डित दिनबन्धु पोखरेल, ऐतिहासिक पशुपति कोटीहोमका धार्मिक प्रवक्ता व्यासाचार्य राजानन्द मान्डव्य गुरू, वाचन सम्राट पण्डित भिमकान्त भागवत, बरिष्ठ आध्यात्मिक समदर्शी आचार्य चन्द्रकान्त पौडेल, कथावाचक स्वामी अर्जुनकृष्ण दाशजी महराज, ज्योतिषाचार्य भागवत कथा व्यास मोहनचन्द्र जोशी भम्केनीधाम, मानखण्डका मूर्धन्य विद्वान आर्चाय पण्डित घनश्याम लेखक मानसखण्ड पञ्चाङ्गकार, हिन्दू जागरण नेपाल अभियान कास्की पोखराका अध्यक्ष नरहरि गौतम, संस्कृतविद् आचार्य कृष्ण, भागवत वाचक किरण लामगादे, ज्योतिषी पण्डित अर्जुन कालिकोटे, वास्तुवित लक्ष्मण रसाईली, संस्कृतविद लेखराज गुरू, ध्रुवराजलुईटेल, चितवनबाट धार्मिक अभियन्ता कर्ण विश्वकर्मा, शुभाष ढकाल, नेपालगन्जबाँकेबाट कौशल धामी बाबा, जापानबाट राजेन्द्र भुसाल, साउदीबाट श्रीहरि विश्वकर्मा, अमेरिकाबाट शोभाकान्त ढकाल , आष्ट्रेलियावाट, मनोज तिमिल्सिनालगायत साधुसन्त महन्त त्रिदण्डी स्वामी बह्मचारी मठाधीश पिठाधीश मण्डलेश्वर महामण्डलेश्वर आदि देशभरका गुरूहरू, दक्षिण भारतबाट पाँचजना ब्राह्मण, १ सय ८ जना भागवताचार्य गुरु, २५ जना विद्वान प्रवचनकर्ता गुरु र ११ जना काशिबनारसबाट शीर्ष मुर्धन्य विद्वान गुरू, विन्द्रावनबाट सात जना गुरू लगायत अन्य देश विदेशका हिन्दू धर्मावलम्वीगुरूहरूलाई समेत निमन्त्रणा गर्ने बिषयमा उच्च स्तरीय विशेष छलफल भइरहेको समितिका पदाधिकारीहरुले बताए । बनारसीधाम क्षेत्रको धार्मिक, सांस्कृतिक, ऐतिहासिकभौतिक एंव आर्थिक समग्र पक्षको विकासका लागि धार्मिक अनुष्ठान महायज्ञ सञ्चालन गर्ने तयारी थालिएको सेवा समाजका अध्यक्ष चन्दले बताए।मुख्यपुजारी दलित हुने बनारसी धाममा प्राचिनकालको पौराणिक ऐतिहासिक एक मात्र विभेदरहित क्षेत्र रहेको बिषयको देशभर सन्देश दिने समेत कार्यक्रमको उद्देश्य रहने बनारसीधाम विश्वनाथ सेवा समाजका सदस्य धनीदत्त भट्टले बताए ।

राष्ट्रिय समाचार

टेरामेक्स घाेटालमा पुर्व मन्त्री बस्नेत विरूद्व भष्चारकाे मुद्दा दायर

कंञ्चनपुर जेठ ०१ २०८२ : नेपाली कांग्रेस नेता एवम् पुर्व स्वास्थ्य मन्त्री मोहन बस्नेतविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।

Uncategorized

Public Speaking Darchula season 1 काे लाेगाे सार्वजनिक

कंञ्चनपुर बैशाख २८ २०८२ : दार्चुलाकाे गाेकुलेश्वरमा हुने Public Speaking Darchula season 1 काे लाेगाे सार्वजनिक भऐकाे छ । खलंगा

राजनिती

ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्रीमा खमबहादुर गर्बुजा

कंञ्चनपुर २२ बैशाख २०८२, सोमबार : ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री खमबहादुर गर्बुजाले पदबहाली गरेका छन्।राज्यमन्त्री गर्बुजाले आज प्रधानमन्त्री केपी

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*