बेदकोट नगरपालिका सबै वडामा ४० किलोमिटर ग्रामिण सडक स्तरोन्नती गर्दै

केशव थापा कञ्चनपुर, २ असार : कञ्चनपुरको एक स्थानीय सरकारले एकै पटक ४० किलोमिटर ग्रामिण सडक स्तरोन्नती गर्न लागेको छ । बेदकोट नगरपालिकाले चालु आर्थिक बर्ष ०८०÷०८१ मा ग्रामिण भेगका दर्जनौँ सडक स्तरोन्नती गर्न लागेको हो । आफ्नै आन्तरिक स्रोतबाट पालिकाले सडक स्तरोन्नती गर्न लागेको जनाएको छ । बेदकोट नगरपालिका प्रमुख भोजराज बोहराले नगरका १० वटै ग्रामिण भेगका सडक स्तरिय ग्राभिल गर्न लागेको बताए । पुर्वपश्चिम महेन्द्रराजमार्गको उत्तर दक्षिण भूगोलमा रहेको बेदकोट नगरका गाँउबस्तीमा अझैपनि कालोपत्रे सडक सबै बस्तीतहमै नपुगेकाले उक्त क्षेत्रमा स्थानीय सरकारले प्राथमिकताका साथ सडकको स्तरबृद्धि गरिरहेको छ । ‘हामीसंग गाँउबस्तीबाट सडक कालोपत्रेका लागि थुप्रै माग आएका छन, ‘उनले भने, ‘ठुलो परिमाणको बजेट नहुँदा अहिले ग्राभिल सहित सडक पानीविच गरिरहेका छौँ ।’ मेयर बोहराले आफ्नै मानविय तथा भौतिक स्रोत साधन प्रयोग गरेर सडक विस्तार गर्न लागेको बताए । ‘पहिलो चरणमा सबै वडाहरुमा ग्राभिल बिछाईसकेका छौँ, ‘उनले भने, ‘नगरका १० वडामध्ये चार वडामा पानीपिच गरिसकेका छौँ ।’ पूर्वाधार विकास तर्फ संघीय र प्रदेश सरकारले दिएको बजेट समेत कटौती गर्ने नदिने भएकाले पालिकाले आफ्नै बजेट, स्रोत साधन लगाएर सडकको स्तरबृद्धि गरिरहेको मेयर बोहराले बताए । ‘हामीले अहिले आफ्नै स्रोत साधन लगाएर गाँउ गाँउका सडक स्तरबृद्धि गरिरहेका छौँ, ‘उनले भने, ‘पालिकाबाट ईन्धनका लागि ५० लाख बजेट विनियोजन गरेर ग्राभिलयुक्त सडक विस्तारमा जुटेका छौँ ।’कम बजेट हुँदा पालिकाले ईन्धनमा बजेट विनियोजन गरेर आफ्नै नदीखोलाबाट ग्राभिल ल्याउने वडासंग समन्वय गरेर आवश्यक भएका सडक स्तरोन्नतीमा खटिएको मेयर बोहराले बताए । ‘माथिल्ला सरकारको मुख ताकेर बस्दा गाँउमा विकास गर्न समस्या हुने भयो, त्यही भएर हामीले चालु आर्थिक बर्षदेखि आफ्नै स्रोत साधन लगाएर नदीबाट ग्राभिल ल्याउँदै बिछाउने काम गरेका छौँ, ‘मेयर बोहराले भने, ‘आफ्नै बजेट, आफ्नै मानविय स्रोत साधन र नदीजन्य पदार्थको सदुपयोग गर्दै सडक स्तरोन्नती गर्न लागेका छौँ ।’ कम खर्चमा बढी काम भईरहेको मेयर बोहराको दावि छ । ‘हामीले उपभोक्ता, कोटेशन र ठेक्का मार्फत ग्राभिलका योजना दिदा प्रभावकारी बढि परिमाणमा काम नहुँने देखियो, ‘मेयर बोहराले भने, ‘भएका स्रोत साधन प्रयोग गर्दै स्तर विस्तार गरेरै भएपनि जनतालाई स्थानीय सरकारको अनुभूति दिलाउन लागेका छौँ ।’ पूर्वाधार विकास समितिका संयोजक मोहन गुधार्मीले सबै वडाहरुमा ग्राभिल बिछाईसकेकाले अब पानीविचको काम शुरु भएको बताए ।

संयोजक गुधार्मीका अनुसार हालसम्म ३, ७, ८ र १० का सडकहरुमा पानीविच भईसकेको र एक साताभित्रै बाँकी वडाहरुमा सडक पानीविच भईसक्ने बताए । पालिकाले चालु आर्थिक बर्षदेखि सिधै सबै वठाहरुमा कालोपत्रे गर्न लागेपछि वडाका जनप्रतिनिधी समेत हर्षित भएका छन । हरेक बर्ष आ–आफ्नो गाँउबस्तीमा सडक स्तरोन्नतीको योजनाका लागि वडामा आउने स्थानीय समेत सिधै पालिकाबाट प्राथमिकताका आधारमा सडक स्तरोन्नती हुन थालेपछि वडामा आउन छाडेका छन । बेदकोट नगरपालिका २का वडाध्यक्ष नरेश बहादुर सिहले आफ्नो वडामा झण्डै चार किलोमिटर ग्राभिल सडक स्तरबृद्धि गरिएको बताए । बेदकोट नगरका प्रमुख प्रशासकीय अधिकृत पदमराज भट्टले गत बर्ष नगरका १०वटै वडाहरुका सडकमा परेका खाल्टाखुल्टी पुर्ने भरान गर्ने काम भएपनि चालु बर्षदेखि मासमा सडक स्तरोन्नतीको काम भईरहेको बताए । ‘हामीसंग भएको स्रोत साधनबाट अधिकतम काम गरिरहेका छौँ, ‘उनले भने, ‘अहिले स्तरिय पानीविच गरिएका सडक आगामी बर्षहरुमा कालोपत्रे गर्ने योजना रहेको छ ।’ यसरी बेदकोट नगरपालिकाले वडाका जनप्रतिनिधीसंग समन्वय गरेर सबै वडाहरुमा सडक स्तरबृद्धि गर्न थालेपछि जनप्रतिनिधी मात्रै नभई नागरिक समेत खुसी भएका छन ।

Uncategorized

Public Speaking Darchula season 1 काे लाेगाे सार्वजनिक

कंञ्चनपुर बैशाख २८ २०८२ : दार्चुलाकाे गाेकुलेश्वरमा हुने Public Speaking Darchula season 1 काे लाेगाे सार्वजनिक भऐकाे छ । खलंगा

राजनिती

ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्रीमा खमबहादुर गर्बुजा

कंञ्चनपुर २२ बैशाख २०८२, सोमबार : ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री खमबहादुर गर्बुजाले पदबहाली गरेका छन्।राज्यमन्त्री गर्बुजाले आज प्रधानमन्त्री केपी

प्रदेश

रातिदेखि परेको वर्षाका कारण नारायणघाट–बुटवल सडक अवरुद्ध

कंञ्चनपुर २१ बैशाख २०८२, आईतवार : हिजो रातिदेखि निरन्तर परेको वर्षाका कारण पूर्वपश्चिम राजमार्गको नारायणघाट–बुटवल सडकखण्ड अवरुद्ध भएको छ ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*