
कंञ्चनपुर :
बैतडीको दोगडाकेदार गाउँपालिकाले अगामी आर्थिक वर्षको लागी ५१ करोड ४४ लाख भन्दा बढीको बजेट ल्याएको छ । गाउँपालिकाले अगामी आर्थीक वर्ष २०८०÷८१ का लागि ५१ करोड ४४ लाख ४० हजार ४ सयको बजेट ल्याएको गाउँपालिकाका अध्यक्ष चक्र कार्की बताउनुभयो ।
गाउँपालिका उपाध्यक्ष पावर्ती कार्कीले अगामी आर्थिक वर्षको बजेट गाउँसभामा पेश गर्नु भएको छ । गाउँपालिकाले पुराना कार्य्रकमलाई निरन्तरता दिएर शिक्षा स्वास्थ्य र कृषिलाई प्राथमिकतामा राखेको गाउँपालिकाका अध्यक्षले बताउनुभयो ।
Be the first to comment