भदौ १५ गतेदेखि प्रिमियममा आईपीओ निष्काशन गर्दै सिटिजन लाइफ इन्स्योरेन्स

कंञ्चनपुर :

सिटिजन लाइफ इन्स्योरेन्सले भदौ १५ गतेदेखि प्रिमियममा आईपीओ निष्काशन गर्ने भएको छ। इन्स्योरेन्सले सर्वसाधारणलाई प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यमा १४४ रुपैयाँ प्रिमियम थप गरी प्रतिशेयर कुल २४४ रुपैयाँमा शेयर निष्काशन गर्न लागेको हो।

इन्स्योरेन्सले आफ्नो जारी पूँजी ३ अर्ब ७५ करोड रुपैयाँको ३० प्रतिशतका दरले हुन आउने १ अर्ब १२ करोड ५० लाख रुपैयाँ बराबरको १ करोड १२ लाख ५० हजार कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएको थियो। सोमध्ये ५ प्रतिशतले हुन आउने ५ करोड ६२ लाख ५० हजार रुपैयाँ बराबरको ५ लाख ६२ हजार ५०० कित्ता प्रतिशेयर १०० रुपैयाँमा इन्स्योरेन्सका कर्मचारीहरुका लागि निष्काशन गरिसकेको छ।

त्यस्तै, बाँकी १ अर्ब ६ करोड ८७ लाख ५० हजार रुपैयाँ बराबरको १ करोड ६ लाख ८७ हजार ५०० कित्ता शेयरको १० प्रतिशत अर्थात ११ लाख २५ हजार कित्ता शेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी विदेशमा रोजगारीमा रहेका नेपाली नागरिकहरुका लागि र ५ लाख ६२ हजार ५०० कित्ता शेयर सामूहिक लगानी कोषहरुका लागि निष्काशन गरि बाँडफाँट गरिसकेको छ।

अब भने इन्स्योरेन्सले बाँकी रहेको ९० लाख कित्ता शेयर सर्वसाधारण लगानीकर्तालेका लागि निष्काशन गर्न लागेको हो।

इन्स्योरेन्सको आईपीओमा लगानीकर्ताहरुले भर्दा १९ गतेसम्म आवेदन दिन सक्नेछन्। सो अवधिभित्र पूर्ण आवेदन नपरेमा निष्काशन अवधि भदौ २९ गतेसम्म लम्बिनेछ। इन्स्योरेन्सको आईपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा १५ लाख कित्ताका लागि आवेदन दिन सकिनेछ।

आईपीओ निष्काशनका लागि गराएको रेटिङ्गमा इक्रा नेपालले इन्स्योरेन्सलाई इक्राएनपी इस्यूअर रेटिङ्ग त्रिपल बी प्रदान गरेको छ। यसले इन्स्योरेन्सको वित्तीय दायित्व समयमा नै पुरा गर्ने सम्बन्धमा मध्यम रुपमा सुरक्षित रहेको संकेत गर्दछ।

इन्स्योरेन्सको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक एनआइएमबि एस क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरु र तिनका शाखा कार्यालयहरु तथा सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडबाट उपलब्ध गराएको ‘मेरो शेयर’ सफ्टवेयरबाट आवेदन दिन सक्नेछन्।

प्रदेश

लेकमकाे जयपुरमा भाेलि रात्रीजात्रा लाग्दै

शैल्यशिखर ८ दार्चुला : दार्चुलाको लेकम गाउँपालिका ५ जयपुरमा भाेलि रात्रीकालिन जात्रा लाग्ने भएकाे छ । हरेक बर्ष कार्तिक शुक्लपक्षको

प्रदेश

दार्चुलामा रास्वपाकाे नयाँ नेतृत्व चयन सभापतिमा सामन्त

शैल्यशिखर ८ दार्चुला : दार्चुलामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नयाँ नेतृत्व चयन गरेकाे छ । सोमबार भएकाे जिल्ला भेला

प्रदेश

शैल्यशिखर ७ देवथलीमा आज रात्रीकालिन जात्रा लाग्दै

शैल्यशिखर ८ दार्चुला : दार्चुलाको शैल्यशिखर नगरपालिका -७ देवथलीमा अवस्थित मालिकार्जुन मन्दिरमा आज रात्रीकालिन जात्रा लाग्नेभएको छ।जात्रा अबधिमा मदिरा तथा

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*