भाषा परीक्षा फाराम भर्ने म्याद दुई दिन थप

कंञ्चनपुर पुस १९ : सरकारले पानीजहाज निर्माण (सिप बिल्डिङ) मा सहभागी परीक्षार्थीका लागि उत्पादनशील क्षेत्रमा भाषा परीक्षा फाराम भर्न तोकिएको समयमा दुई दिन थप भएको छ । वैदेशिक रोजगार विभागका महानिर्देशकस्तरको निर्णय अनुसार आवेदन दिने समय दुई दिन थप गरिएको हो । यसअघि पुस १३ को निर्णय अनुसार पुस १६ देखि १८ सम्म फाराम भर्न पाउने गरी समय तोकिएकामा अहिले दुई दिन थप गरी पुस २० सम्म पुर्‍याइएको रोजगार अनुमति प्रणाली (इपिएस) कोरिया शाखाले जनाएको छ ।

गत शुक्रबार बालकुमारीमा भएको अप्रिय घटनामा परी दुई जनाको मानवीय क्षति भएको, मृतकको दाहसंस्कार हुन नसकेको र मृतकको अन्तिम संस्कारमा सिप बिल्डिङमा फाराम भरेका परीक्षार्थीसमेत सहभागी हुन सक्ने देखिएको भन्दै समय थप गर्ने निर्णय भएको शाखाले जनाएको छ ।

अर्कोतर्फ फाराम भर्न सुरु भएको पहिलो दिन सिस्टममा प्राविधिक कारणले केही समय अवरोध आएका कारण समेतका मानवीय संवेदनालाई ध्यानमा राखी समय थप्ने निर्णय भएको शाखाले जनाएको छ ।

राष्ट्रिय समाचार

टेरामेक्स घाेटालमा पुर्व मन्त्री बस्नेत विरूद्व भष्चारकाे मुद्दा दायर

कंञ्चनपुर जेठ ०१ २०८२ : नेपाली कांग्रेस नेता एवम् पुर्व स्वास्थ्य मन्त्री मोहन बस्नेतविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।

Uncategorized

Public Speaking Darchula season 1 काे लाेगाे सार्वजनिक

कंञ्चनपुर बैशाख २८ २०८२ : दार्चुलाकाे गाेकुलेश्वरमा हुने Public Speaking Darchula season 1 काे लाेगाे सार्वजनिक भऐकाे छ । खलंगा

राजनिती

ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्रीमा खमबहादुर गर्बुजा

कंञ्चनपुर २२ बैशाख २०८२, सोमबार : ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री खमबहादुर गर्बुजाले पदबहाली गरेका छन्।राज्यमन्त्री गर्बुजाले आज प्रधानमन्त्री केपी

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*