
कंञ्चनपुर :
भूकम्पमा परेर जाजरकोटको नलगाड नगरपालिकाकी उपमेयर सरिता सिंहको मृत्यु भएको छ ।शुक्रबार रातिको भूकम्पमा परेको उनको मृत्यु भएको जाजरकोटका प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले जानकारी दिए । सदरमुकाम खलंगामा बसेको घर भत्किएपछि उनको मृत्यु भएको प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले बताए।
उद्धार गरेर अस्पताल पठाउँदै गर्दा बाटोमा नै उनको मृत्यु भएको हो । सिंह गत स्थानीय निर्वाचनमा नेपाली कांग्रेसबाट उपप्रमुख पदमा निर्वाचित भएकी थिइन् ।जिल्ला अस्पतालमा हालसम्म ११ जनाको मृत्यु भएको पुष्टि भएको छ । थप शव आउने क्रम जारी रहेको सुनारले बताए ।
भुकम्पको केन्द्र बिन्दु भनिएको जाजरकोटकाे रामीडाँडा क्षेत्रमा भने टेलिफोन सम्पर्क नहुँदा क्षतिको विवरण आउन सकेको छैन ।
Be the first to comment