
कञ्चनपुर बैशाख २७ : महाकाली प्रादेशिक अस्पतालले दोधारा चाँदनी नगरपालिकाको जनज्योती माध्यमिक विद्यालयमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ । बिहिबार महाकाली प्रादेशिक अस्पतालले दोधारा चाँदनी– ८ मा रहेको उक्त विद्यालयमा विद्यार्थीहरुका लागी नाक, घाटी तथा दन्त रोग सम्बन्धि निःशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको हो । उक्त शिविर बाट ३ सय ८२ जना विद्यार्थीहरुले नाक, घाटी तथा दन्त रोग सम्बन्धी चेकजाँच तथा परीक्षण गरि निःशुल्क औषधी समेत वितरण गरिएको महाकाली प्रादेशिक अस्पताललका अध्यक्ष कृष्ण भट्ट (किरण) ले बताए ।
Be the first to comment