
कंञ्चनपुर मङ्सिर १४ :
नेकपा (एकीकृत समाजवादी) पार्टीका बैतडी जिल्ला अध्यक्ष महदेव भट्ट, केन्द्रीय सदस्य एवम् दार्चुला जिल्ला इन्चार्ज नरेन्द्र विष्टसहितका नेताहरू एमालेमा प्रवेश गरेका छन् ।
‘झुलाघाट–चिवा भञ्ज्याङ समृद्धिका लागि सङ्कल्प यात्रा’ अन्तर्गत बैतडीको गोठलापानीमा भएको विशाल जनसभामा एमाले अध्यक्ष केपी शर्मा ओलीले नव प्रवेशीहरुलाई टिका लगाई पार्टीमा स्वागत गर्नुभएको छ ।
यसैगरी एकिकृत समाजवादीकै प्रदेश कमिटी सदस्य पार्वती भट्ट, चमन भण्डारी सहित १ दर्जन जिल्ला कमिटी सदस्यहरु एमालेमा प्रवेश गरेका छन् । नेपाली कांग्रेसका महासमिति सदस्य तथा पाटन नगरपालिकाकी पूर्व उपमेयर सरस्वती कोली, नेपाल दलित संघका पूर्व जिल्ला अध्यक्ष रमेश कोली लगायतका व्यक्तिहरू पनि एमालेमा प्रवेश गरेका छन् ।
Be the first to comment