राज्य लुट्ने कसैलाई छुट छैन : गृहमन्त्री नारायणकाजी श्रेष्ठ

कंञ्चनपुर माघ २० : उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले राज्यविरुद्धका कुनै पनि अपराध गर्ने अपराधीलाई पक्रदा अधिक दवाव आउन थालेको बताएका छन् । गृह मन्त्रालय र गण्डकी प्रदेश सरकारद्वारा आयोजित गण्डकी प्रदेशस्तरीय सुरक्षा गोष्ठीको शुक्रबार उद्घाटन गर्दै उनले अपराध गर्नेहरुलाई समाउँदा धरै दवाव आइरहे सरकार बाटो बदल्न बाध्य हुने बताए ।

श्रेष्ठले भने, ‘लुटमा संलग्न भएको कोही राजनीतिक पृष्ठभूमि भएको मान्छे समात्यो भने नेताहरू कराउन थाल्छन्:- हाम्रो पार्टी र गठबन्धन हो, प्रतिपक्षको हो भनेर त्यसरी अब चल्दैन । कर्मचारीले गल्ती गर्दा कारबाही गर्‍यो भने कर्मचारी संगठन बोल्न थाल्छन् ।’

निजी क्षेत्रको सहयोगविना नेपालको अर्थतन्त्रलाई सकारात्मक दिशामा ल्याउन नसकिँने बताउँदै गल्ती गर्ने उद्योगीलाई पक्राउ गर्दा व्यक्तव्यबाजी गर्नुको अर्थ नभएको उनको भनाइ छ ।

बिहीबार गृहमन्त्री श्रेष्ठको निर्देशनमा काठमाडौंको बाँसबारीमा सरकारी जग्गा हडपेको आरोपमा सीआईबीले अरुण चौधरी र छाला जुत्ता कारखानाका तत्कालीन कार्यकारी प्रमुख अजितनारायण सिंह थापालाई पक्राउ गरेको थियो । चौधरी कांग्रेस सांसद तथा चौधरी ग्रुपका अध्यक्ष विनोद चौधरीका भाइ हुन् ।

त्यही प्रसंग लक्षित गर्दै गृहमन्त्रीले भने, ‘उद्योगी व्यवसायी पनि अपराध गर्छन् र कारबाही गर्न थाल्यो भने वक्तव्यबाजी सुरू हुन्छ, दबाब सुरू हुन्छ । उद्योग व्यवसायीलाई यसो गर्न भएन नि ! हामीले कर तिरेका छौं, अर्थतन्त्र धानेका छौं भन्छन् । हामीले भनेकै छौं त निजी क्षेत्रको सहयोगविना नेपालको अर्थतन्त्रलाई सकरात्मक दिशामा लैजान सकिन्न । तर, कसैलाई पनि राज्यलाई लुट्ने छुट दिन सकिन्न ।’

उनले दबाब, हस्तक्षेपको प्रक्रिया भइरहे देशलाई फेर्न नसकिने उल्लेख गर्दै राष्ट्रसेवक कर्मचारी, सुरक्षा निकायका सबैलाई संविधान, ऐन कार्यन्वयन गर्न, लोकतन्त्रको प्रत्याभूति दिन र आफ्नो कर्तव्य निर्वाह दृढतापूर्वक उभिन निर्देशन दिए ।

Uncategorized

Public Speaking Darchula season 1 काे लाेगाे सार्वजनिक

कंञ्चनपुर बैशाख २८ २०८२ : दार्चुलाकाे गाेकुलेश्वरमा हुने Public Speaking Darchula season 1 काे लाेगाे सार्वजनिक भऐकाे छ । खलंगा

राजनिती

ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्रीमा खमबहादुर गर्बुजा

कंञ्चनपुर २२ बैशाख २०८२, सोमबार : ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री खमबहादुर गर्बुजाले पदबहाली गरेका छन्।राज्यमन्त्री गर्बुजाले आज प्रधानमन्त्री केपी

प्रदेश

रातिदेखि परेको वर्षाका कारण नारायणघाट–बुटवल सडक अवरुद्ध

कंञ्चनपुर २१ बैशाख २०८२, आईतवार : हिजो रातिदेखि निरन्तर परेको वर्षाका कारण पूर्वपश्चिम राजमार्गको नारायणघाट–बुटवल सडकखण्ड अवरुद्ध भएको छ ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*