
कंञ्चनपुर असार १९ गते :
राष्ट्रपति रामचन्द्र पौडेलको उपचारका लागि दिल्ली आवतजावत गर्दा लागेकाे हवाइभाडा तिर्न अर्थ मन्त्रालयलाई चिठी पठाइएकाे छ । परराष्ट्र मन्त्रालयले राष्ट्रपति पौडेललाई उपचारका गर्न दिल्ली पुर्याउँदा प्रयोग भएको एयर एम्बुलेन्स र फर्किँदाको नेपाल वायु सेवा निगमको भाडासहित ५५ लाख रूपैयाँ भुक्तानीका लागि पत्राचार गरेकाे हाे ।
२०८० वैशाख ६ गते श्री एयरलाइन्सको चार्टर एयर एम्बुलेन्सबाट राष्ट्रपति पौडेलाई भारतकाे दिल्ली लगिएको थियो । राष्ट्रपति र उनकाे टाेली वैशाख १७ गते भने नेपाल वायु सेवा निगमको नियमित विमानबाट नेपाल फर्किएकाे थियो । परराष्ट्र मन्त्रालयले चार्टर गरेकाे एयर एम्बुलेन्स र नेपाल एयरलाइन्सकाे भाडा स्वरूप ५५ लाख २ हजार २७९ रूपैयाँ तिर्न भन्दै सोमबार अर्थलाई चिठी पठाएकाे हाे । राष्ट्रपतिले भारतमा भएकाे उपचार खर्च भने सरकारबाट नलिने बताएका थिए ।
Be the first to comment