रास्वपा पदाधिकारीका लागि तोकियो शैक्षिक योग्यता

कंञ्चनपुर :

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संगठनात्मक नेतृत्वमा सहभागी हुन आवश्यक न्यूनतम शैक्षिक योग्यता निर्धारण गरेको छ। रास्वपाले केन्द्रीय विभागका पदाधिकारी, सदस्य र प्रदेश समिति प्रमुखका लागि शैक्षिक योग्यता तोकेको हो।

रास्वपामा तोकिएका पदका लागि अनिवार्य स्नातकोत्तर उत्तीर्ण हुनुपर्नेछ। रास्वपाको बिहीबार बसेको केन्द्रीय समिति बैठकले तोकिएका पदका लागि स्नातकोत्तर उत्तीर्ण हुनुपर्ने वा सम्बन्धित विभागअनुसारको क्षेत्रमा कम्तीमा १० वर्ष अनुभव भएको योग्यता तोकेको महामन्त्री मुकुल ढकालले बताए।

प्रदेश समितिका पदाधिकारी र सदस्यका लागि स्नातक उत्तीर्ण हुनुपर्ने मापदण्ड बनाइएको उनको भनाइ छ। स्नातक उत्तीर्ण नभए सम्बन्धित विभागअनुसारको क्षेत्रमा ५ वर्षको अनुभव वा असाधारण क्षमता भएको हुनुपर्ने मापदण्ड बनेको ढकालले सुनाए।

स्थानीय तहका विभाग प्रमुखका लागि कम्तीमा कक्षा १२ उत्तीर्ण वा विभागअनुसारको क्षेत्रमा दुईवर्षे अनुभव वा असाधारण क्षमता हुनुपर्ने मापदण्ड तोकिएको छ।

राष्ट्रिय समाचार

टेरामेक्स घाेटालमा पुर्व मन्त्री बस्नेत विरूद्व भष्चारकाे मुद्दा दायर

कंञ्चनपुर जेठ ०१ २०८२ : नेपाली कांग्रेस नेता एवम् पुर्व स्वास्थ्य मन्त्री मोहन बस्नेतविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।

Uncategorized

Public Speaking Darchula season 1 काे लाेगाे सार्वजनिक

कंञ्चनपुर बैशाख २८ २०८२ : दार्चुलाकाे गाेकुलेश्वरमा हुने Public Speaking Darchula season 1 काे लाेगाे सार्वजनिक भऐकाे छ । खलंगा

राजनिती

ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्रीमा खमबहादुर गर्बुजा

कंञ्चनपुर २२ बैशाख २०८२, सोमबार : ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री खमबहादुर गर्बुजाले पदबहाली गरेका छन्।राज्यमन्त्री गर्बुजाले आज प्रधानमन्त्री केपी

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*