रास्वपा सभापति रवि लामिछानेलाई  थप १३ दिन हिरासतमा राख्‍ने

आइतबार, कात्तिक २५, २०८१ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई हिरासतमा राखेर अनुसन्धान गर्न कास्की जिल्ला अदालतले थप १३ दिनको म्याद दिएको छ ।

आइतबार जिल्ला अदालतले सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा अनुसन्धानका लागि लामिछानेसहित समान कसूरमा हिरासतमा रहेका चार जनालाई अनुसन्धानका लागि १३ दिनको अनुमति दिएको हो ।

न्यायाधीश नवराज दाहालको इजलासले लामिछानेलगायत चारै जनालाई १३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न म्याद थप गरेको अदालतका सूचना अधिकारी सुरज अधिकारीले जानकारी दिए ।

लामिछानेसँगै गोर्खा मिडिया नेटवर्कका अर्का सञ्चालक पूर्वडीआईजी छविलाल जोशी, उस्तै कसुरमा पक्राउ परेका लीला पछाईं र रामबहादुर खनाललाई १३ दिन हिरासतमा राख्न म्याद थप भएको उनले बताए  ।

लामिछानेलाई कात्तिक २ मा रास्वपाको केन्द्रीय कार्यालयबाट पक्राउ गरेर कास्की ल्याइएको थियो। लामिछानेलाई सुरुमा ६ दिन, त्यसपछि ७ दिन र १० दिन म्याद थप गरी अनुसन्धानपछि यसपटक थप १३ दिन म्याद थप गरिएको हो ।

राष्ट्रिय समाचार

टेरामेक्स घाेटालमा पुर्व मन्त्री बस्नेत विरूद्व भष्चारकाे मुद्दा दायर

कंञ्चनपुर जेठ ०१ २०८२ : नेपाली कांग्रेस नेता एवम् पुर्व स्वास्थ्य मन्त्री मोहन बस्नेतविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।

Uncategorized

Public Speaking Darchula season 1 काे लाेगाे सार्वजनिक

कंञ्चनपुर बैशाख २८ २०८२ : दार्चुलाकाे गाेकुलेश्वरमा हुने Public Speaking Darchula season 1 काे लाेगाे सार्वजनिक भऐकाे छ । खलंगा

राजनिती

ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्रीमा खमबहादुर गर्बुजा

कंञ्चनपुर २२ बैशाख २०८२, सोमबार : ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री खमबहादुर गर्बुजाले पदबहाली गरेका छन्।राज्यमन्त्री गर्बुजाले आज प्रधानमन्त्री केपी

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*