
कंञ्चनपुर १६ बैशाख २०८२, मंगलवार : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सुदुरपश्चिमले दार्चुलाबाट ‘जनयात्रा’ सुरु गर्ने भएको छ। रास्वपाले यो अभियानलाई ‘समाधान र सम्भावनाको सङ्कल्प’ का रूपमा अघि सारेको जनाएको छ। रास्वपा सुदुरपश्चिमले ‘जनयात्रा’ को शुभारम्भ दार्चुलाको खलंगाबाट सुरु गर्ने रास्वपा दार्चुलाका उप-सभापति राजेन्द्र पन्तले जानकारी गराए । उप-सभापति पन्तका अनुसार स्थानीय तहमा भईरहेको भ्रष्टाचार, कुशासन र अन्यायविरुद्ध गाउँ–गाउँ र बस्ती–बस्तीमा पुग्ने उद्देश्यले ‘जनयात्रा’ सुरु भएको बताए।
Be the first to comment