
कंञ्चनपुर :
लुम्बिनी प्रदेश सरकारबाट नेकपा माअोवादी केन्द्र बाहिरिएको छ। माओवादीका मन्त्रीहरूले मुख्यमन्त्री लीला गिरी नेतृत्वको सरकारबाट राजीनामा दिएका हुन्।
गिरीलाई एमालेका २९, माओवादी केन्द्रका १०, राष्ट्रिय प्रजातन्त्र पार्टीका ४, नागरिक उन्मुक्ति पार्टीका ४, जनता समाजवादी पार्टीका ३, जनमत पार्टीका ३ जना, लोकतान्त्रिक समाजवादी पार्टीका ३ जना र स्वतन्त्र २ जना गरी ५८ सांसदको समर्थन रहेको थियो।
माओवादी केन्द्रले समर्थन फिर्ता लिएसँगै मुख्यमन्त्री गिरीले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने कानुनी व्यवस्था छ। लुम्बिनीमा सरकार गठनका लागि ४४ सिट आवश्यक पर्छ।
Be the first to comment