
कंचनपुर भदौ ६ : दार्चुलाको लेकम गाउँपालिका २ स्थित धार्मिक स्थल हुनैनाथ र भगवती मन्दिर परिसरमा सरसफाई गरिएकाे छ । सुदूरपश्चिमको लेकम क्षेत्रमा धुमधाम संग मनाइने गौरापर्ब को पुर्बसन्ध्यामा सरसफाई आयाेजना गरिएकाे वडा अध्यक्ष शिव राज जाेशीले बताए ।
सरसफाई कार्यक्रममा अध्यक्ष जोशीले धार्मिक स्थल वरिपरि फोहोर नहोस् भन्ने उद्देश्यको साथ सरसफाइ कार्यक्रमको आयोजना गरेको बताउनु भयो । उहाँले सरसफाई हरेक टोल टोल र स्थानहरुमा पनि हुनुपर्ने बताउदै,सरसफाइमा ध्यान दिन समेत आग्रह गर्नुभयो ।
स्थानिय प्रहरी चौकी रातामाटा र वडाका कर्मचारी समेतको सहभागितामा मंन्दिर सरसफाई गरिएको थियो ।
Be the first to comment