विमानस्थलबाट जाँचपास भैसकेको ,सुन बरामद प्रकरणमा ६ जना पक्राउ

दार्चुला । राजस्व अनुसन्धान विभागले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पार भएर बाहिर आईसकेको अवस्थामा नियन्त्रणमा लिएको सुन प्रकरणमा ६ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा रेडी ट्रेडका सञ्चालक भनिएका दिलिप भुजेल, रामकुमार भुजेल, भन्सार एजेण्ट राजेन्द्र राइ, थुप्तेन छिरिङ नाम गरेका तिब्बती मूलका भारतीय नागरिक र अन्य दुई जना भने भन्सार एजेन्ट र ट्याक्सी चालक छन् ।

तर, सुनको वास्तविका साहु भने दीपक मल्होत्रा भएको अनुसन्धानमा संलग्न राजश्व अनुसन्धानका कर्मचारीहरुले बताएका छन् ।

चार दिन अघि हङकङबाट क्याथेप्यासिफिकको विमान मार्फत काठमाडौं आईपुगेको सुन राजश्व अनुसन्धान विभागको टोलीले बुधबार साँझ बरामद गरेको हो । स्कुटर पार्टस् र दाह्री काट्ने रेजर भनेर ल्याइएको सुनको यकिन मात्रा भने अझै निक्र्यौल भइसकेको छैन ।

काठमाडौंको रेडी ट्रेड प्रालि नाममा उक्त सामान आए पनि सुन ल्याउने तस्कर को हो भन्ने घोषणा राजश्व अनुसन्धानका कर्मचारीहरुले गरेका छैनन् ।

१ सय ६० वटा प्याकमा ल्याइएको सुनको मूल्य एक अर्ब रुपैयाँ भन्दा बढी हुने अनुमान छ । बरामद भएको सुन नेपालमा अहिलेसम्म फेला परेको सबैभन्दा ठूलो परिमाण हो ।

राष्ट्रिय समाचार

टेरामेक्स घाेटालमा पुर्व मन्त्री बस्नेत विरूद्व भष्चारकाे मुद्दा दायर

कंञ्चनपुर जेठ ०१ २०८२ : नेपाली कांग्रेस नेता एवम् पुर्व स्वास्थ्य मन्त्री मोहन बस्नेतविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।

Uncategorized

Public Speaking Darchula season 1 काे लाेगाे सार्वजनिक

कंञ्चनपुर बैशाख २८ २०८२ : दार्चुलाकाे गाेकुलेश्वरमा हुने Public Speaking Darchula season 1 काे लाेगाे सार्वजनिक भऐकाे छ । खलंगा

राजनिती

ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्रीमा खमबहादुर गर्बुजा

कंञ्चनपुर २२ बैशाख २०८२, सोमबार : ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री खमबहादुर गर्बुजाले पदबहाली गरेका छन्।राज्यमन्त्री गर्बुजाले आज प्रधानमन्त्री केपी

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*