
कंञ्चनपुर २० बैशाख २०८२, शनिबार : दार्चुलाको शैल्यशिखर नगरपालिका वडा नम्बर १ ले शिखर स्वास्थ्य चौकीलाई एम्बुलेन्स हस्तान्तरण गरेको छ । आज एक कार्यक्रमका बिच शैल्यशिखर नगरपालिकाका नगर प्रमुख विजय सिंह धामीले एम्बुलेन्सको उद्धघाटन गरेर शिखर स्वास्थ्य चौकीलाई हस्तान्तरण गरेको शैल्यशिखर नगरपालिकाका वडा नम्बर १ का वडा अध्यक्ष भरत बहादुर खडायतले जानकारी दिए । वडाको २२ लाख बजेटमा खरिद गरेको एम्बुलेन्सले शैल्यशिखर नगरपालिका ,मार्मा, अपिहिमाल र नौगाड तथा बैतडीको डिलासैनी गाउँपालिकाका स्थानीयहरुले सेवा पाउने अध्यक्ष खडायतले बताए ।
कार्यक्रममा नगर प्रमुख विजय सिंह धामी, उप–प्रमुख शान्ती खडायत, प्रमुख प्रशासकीय अधिकृत शुरेन्द्र बहादुर बिष्ट, वडा नम्बर १ का वडा अध्यक्ष भरत बहादुर खडायत, वडा नं. ८ का अध्यक्ष केशब दत्त जोशी , वडा नं. ३ का अध्यक्ष पदम चन्द लगायत स्थानीहरुको उल्लेखनीय सहभागिता थियो ।
Be the first to comment