
शैल्यशिखर नगरपालिकाले १४ औं नगरसभाबाट ५८ करोड ८३ लाख ९७ हजारको बजेट सार्वजनिक गरेको उजुरी प्रशासक मनोरथ जोशीले जानकारी दिनुभयो । नगरपालिकाले पुर्वाधार विकास, समाजिक विकास, आर्थिक विकास र सुशासन सबै क्षेत्रलाई समेटेर बजेट ल्याएको नगरप्रमुख विजयसिंह धामीले बताउनुभयो । नगरउपप्रमुख शान्ति खडायतले बजेट सार्वजनिक गर्नुभएको उक्त समारोहमा नगरप्रमुख विजयसिंह धामी, प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्रबहादुर बिष्ट लगायत जनप्रतिनिधि र कर्मचारीहरूको सहभागीता रहेको थियो ।
Be the first to comment