
कंञ्चनपुर पाैष २४ : दार्चुलाको शैल्यशिखर नगरपालिकामा राष्ट्रपति रनिङ शिल्ड प्रतियाेगिता सुरू भऐकाे छ । शैल्यशिखर नगरपालिकाकाे आयाेजनामा पाैष २४ सुरू भऐकाे उत्त प्रतियाेगितामा पालिका अन्तरगतका १४ सामुदायिक र एक निजि १ निजि बिधालय गरि जम्मा १५ सहभागी भएकाे जनाईएकाे छ । शैल्यशिखर नगर खेलेकुद विकाश समितिका अध्यक्ष महेश भण्डारीकाे सभापतित्वमा शैल्यशिखर नगरपालिका नगर प्रमुख बिजय सिँह धामी प्रमुख आतिथ्यतामा कार्यक्रम उद्वघाटन भऐकाे थियाे । पशुपति भबन मा.बि शैल्यशिखर ६ ग्वानीका शिक्षक भाेज राज धामीले सञ्चालन गरेकाे कार्यक्रममा नगर खेलकुद अध्यक्ष महेश भण्डारी नगर खेलकुद उपाध्यक्ष जनक साउँद प्रमुख अतिथि नगर प्रमुख बिजय सिँह धामी बिशिस्ट अतिथि नगर उप- प्रमुख शान्ति खडायत अतिथिहरू वडा नं. २ का अध्यक्ष नरेन्द्र पाल वडा नं. ७ का अध्यक्ष पुष्पराज जाेशी वडा नं. ९ का अध्यक्ष प्रजापति पाण्डे लगायत खेल प्रेमी विभिन्न बिधालयका खेल प्रशिक्षक तथा खेलाडीहरूकाे उपस्थिती रहेकाे थियाे ।
Be the first to comment