शैल्यशिखरका निमित्त हाकिम सुरेन्द्र बिष्ट सहित ७ जना बिरूद्व भ्रष्टाचारको मुद्वा दायर

कंञ्चनपुर :
दार्चुलाको शैल्यशिखर नगरपालिकाका निमित्त प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रबहादुर विष्ट सहित सात जना विरुद्ध अख्तियार दुरुपयो अनुसन्धान आयागले आज विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर गरेको छ ।

नगरपालिकाको ६ नम्बर वडाको मौरीभिटादेखि ७ नम्बर र ८ नम्बर वडाको बन्तली बोहरीगाउँ जाने सडक निर्माण गर्दा कडा चट्टानको भाग बढी देखाएर झुट्टा बिल भर्पाई बनाई भुक्तानी दिएर भ्रष्टाचार गरेको दावीसहित अख्तियारले आज अदालतमा आरोपपत्र दायर गरेको हो ।

आर्थिक वर्ष २०७४।०७५ र ०७५।०७६ मा सो सडक निर्माणको वास्तविक लागतभन्दा २६ लाख दुई हजार पाँच सय ५६ रुपैयाँ ११ पैसा बढी भुक्तानी गरिएको अख्तियारको दावी छ ।

अख्तियारले निमित्त प्रमुख प्रशासकीय अधिकृत विष्टबाट २६ लाख दुई हजार पाँच सय ५६ रुपैयाँ ११ पैसा बिगो भराई कैद र जरिवानाको दावी गरेको छ ।

अख्तियारले सो नगरपालिकाका इन्जिनियर सन्तोष पाण्डेयलाई सोही सडकको गलत मूल्यांकन गरी बढी भुक्तानी दिन सिफारिस गरेको आरोपसहित ११ लाख ३० हजार दुई सय ६२ रुपैयाँ ६७ पैसा बिगो असुल गरी कैद र जरिवानाको मागदावी गरेको छ ।

त्यस्तै, अख्तियारद्वारा दायर आरोपत्रमा नगरपालिकाका तत्कालिन इन्जिनियर राजेन्द्रसिंह धामीबाट १४ लाख ७२ हजार दुई सय ८३ रुपैयाँ ४३ पैसा बिगो तथा कैद र जरिवानाको मागदावी गरेको छ ।

नगरपालिकाका सबओभरसियर दिपकसिंह विष्टबाट भ्रष्टाचार भएको रकम २६ लाख दुई हजार पाँच सय ५६ रुपैयाँ ११ पैसाको बिगो तथा कैद र जरिवाना माग गरिएको छ ।

राष्ट्रिय समाचार

टेरामेक्स घाेटालमा पुर्व मन्त्री बस्नेत विरूद्व भष्चारकाे मुद्दा दायर

कंञ्चनपुर जेठ ०१ २०८२ : नेपाली कांग्रेस नेता एवम् पुर्व स्वास्थ्य मन्त्री मोहन बस्नेतविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।

Uncategorized

Public Speaking Darchula season 1 काे लाेगाे सार्वजनिक

कंञ्चनपुर बैशाख २८ २०८२ : दार्चुलाकाे गाेकुलेश्वरमा हुने Public Speaking Darchula season 1 काे लाेगाे सार्वजनिक भऐकाे छ । खलंगा

राजनिती

ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्रीमा खमबहादुर गर्बुजा

कंञ्चनपुर २२ बैशाख २०८२, सोमबार : ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री खमबहादुर गर्बुजाले पदबहाली गरेका छन्।राज्यमन्त्री गर्बुजाले आज प्रधानमन्त्री केपी

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*