शैल्यशिखरका हाकिमले किने साढे ३ तिन लाखको एउटै मोबाईल

कंञ्चनपुर जेठ ३१ : दार्चुलाको शैल्यशिखर नगरपालिकाबाट अनियमितताकाे सार्वजनिक भएको छ । महालेखा परीक्षकको प्रतिवेदन अनुसार शैल्यशिखर नगरपालिकाबाट अनियमितताकाे नमूना सार्वजनिक भएको हो । महालेखा परीक्षकको आर्थिक वर्ष २०७९/०८० को प्रतिवेदन अनुसार  एउटै मोवाइल फोन खरिदमा साढे तीन लाख बढी खर्च गरेका छन् ।

कानुनको धज्जी उडाउदै नागरिकले तिरेको करको दुरुपयोग गरी ३ लाख ६३ हजार ८ सय ६३ रुपैयाँ पर्ने (Redmi note 9 Pro 6/128) मोवाइल खरिद गरेका हुन् । मोवाईल गत वर्ष खरिद भएपनि भुत्तानी यस वर्ष भएको छ । स्थानीय तहका पदाधिकारीको सुविधासम्बन्धी ऐन, २०७५ मा पालिका पदाधिकारीहरुलाई संञ्चार खर्च उपलब्ध गराउने व्यवस्था भएपनि मोवाईल उपलब्ध गराउने व्यवस्था नभएको महालेखा परीक्षकको प्रतिवेदनमा प्रस्ट लेखिएको छ ।

पालकिा वा नगरपालिकाका कर्मचारीहरुलाई पनि यस्तो खर्च उपल्बध भएको देखिएको छैन । तर शैल्यशिखर नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृतले नियम कानुनको धज्जी उडाउँदै मोबाईल खरिद गरेको महालेखाको प्रतिवेदनमा उल्लेख छ ।

प्रतिवेदनमा मोवाईल खरिद गर्ने अधिकृतको नाम भने उल्लेख गरिएको छैन । प्रमुख प्रशासकीय अधिकृतले ३ लाख ६३ हजार ८ सय ६३ रुपैयाँमा खरि गरेको (Redmi note 9 Pro 6/128)को बजार मूल्य भने हाल पनि २९ हजार ९ सय ९९ छ । यसरी कानुनी व्यवस्था विपरित गरिएको खर्चलाई महालेखाले समेत अनियमितता भएको  ठहर गरेको छ । यसै कारण अहिले सामाजिक सञ्जालमा शैल्यशिखर नगरपालिकाको चर्काे आलोचना भइरहेको छ ।

राष्ट्रिय समाचार

टेरामेक्स घाेटालमा पुर्व मन्त्री बस्नेत विरूद्व भष्चारकाे मुद्दा दायर

कंञ्चनपुर जेठ ०१ २०८२ : नेपाली कांग्रेस नेता एवम् पुर्व स्वास्थ्य मन्त्री मोहन बस्नेतविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।

Uncategorized

Public Speaking Darchula season 1 काे लाेगाे सार्वजनिक

कंञ्चनपुर बैशाख २८ २०८२ : दार्चुलाकाे गाेकुलेश्वरमा हुने Public Speaking Darchula season 1 काे लाेगाे सार्वजनिक भऐकाे छ । खलंगा

राजनिती

ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्रीमा खमबहादुर गर्बुजा

कंञ्चनपुर २२ बैशाख २०८२, सोमबार : ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री खमबहादुर गर्बुजाले पदबहाली गरेका छन्।राज्यमन्त्री गर्बुजाले आज प्रधानमन्त्री केपी

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*