
कंञ्चनपुर :
दार्चुलाको शैल्यशिखर नगरपालिका वडा नं. ४ सल्लेधारमा अवस्थित श्री भुवनेश्वरी आधारभुत बिधालय बिगत लामो समय देखि जिर्ण बन्दै गईरहेकाे छ । मर्मत का लागि निवर्तमान स्थानीय सरकार सँग पटक पटक माग राख्दा उहाँहरु ले कुनै चासो नदेखाएको स्थानिय मनोज भट्ट्ले बताउनु भयो । अहिले पनि वर्तमान स्थानीय सरकार सँग माग राख्दा कुनै चासो देखाएको छैन अहिले बिध्यालय को अवस्था हेर्ने हो भने छेउ छाउ समेत जान नसकिने अवस्था भएकोले अभिबाहकहरूले बालबालिकाहरुलाई बिधालय लगाउन समेत छोडिसकेका छन । स्थानीय हरूको बारम्बार को गुनासोका कारण नगर सरकारले एक लाख पचाँस हजार रकम छुट्याउनुभएको छ जुन ठाउँमा १ लाख ५० हजार को त गतिलो शाैचालय नै बन्दैन त्यो ठाउँमा बिधालय भवन निर्माण कसरी होला , वर्तमान नगर सरकारले उक्त बिधालय भवन निर्माण गर्न १ नम्बर प्राथमिकतामा राख्ने आश्वासन देखाए पनि बारम्बार भन्दा पनि कुनै चासो नदेखाएको स्थानियहरुले बताउनु भयो । बिधालय शिक्षा लिने क्षेत्र हो तर अहिलेको अवस्था नाजुक रहेको स्थानीय सरकार प्रदेश सरकार र संघिय सरकार लाज पचाएर बसेको टीका टिप्पणी भैरहेको छ । उत्त बिधालय २०५४ निर्माण भएकाे थियाे ।
Be the first to comment