सामाजवादी पार्टीकाे केन्द्रीय महाधिवेशन माघ १४ देखि सुरू हुने

कंञ्चनपुर :

नेकपा एकीकृत समाजवादीले महाधिवेशनको मिति तोकेको छ । पार्टीको बिहीबार सम्पन्न केन्द्रीय कमिटीको बैठकले आगामी माघ १४ देखि १८ गतेसम्म महाधिवेशनको मिति तोकेको बैठकपछि उपमहासचिव जगन्नाथ खतिवडाले जानकारी दिए । उनले उक्त महाधिवेशनलाई दशौं महाधिवेशन भनेका छन् । जबकि उक्त पार्टी गठन भएपछि पहिलो पटक महाधिवेशन हुन लागेको हो ।

नेकपा एकीकृत समाजवादीले आगामी असोज महिनामा पार्टीको मुद्दाहरु राष्ट्रलाई सुनाउन मेची महाकाली राष्ट्रिय अभियान चलाउने केन्द्रीय कमिटी बैठकले निर्णय गरेको छ । अभियानको विस्तृत योजना सचिवालयले गर्नेछ । 

बैठकले अध्यक्ष माधवकुमार नेपालको राजनीतिक तथा वैचारिक प्रतिवेदन सुझावसहित पारित गरेको छ ।  महाधिवेशन अघि पार्टीमा युवा सहभागिता बढाउने उद्देश्यले युवा विद्यार्थी लक्षित विशेष कार्यक्रमहरु सञ्चालन गर्ने बैठकले निर्णय गरेको छ । कार्यक्षेत्रको विभाजन गर्दा सामान्यतया संघीय निर्वाचन क्षेत्रलाई आधार बनाएर केन्द्रीय कमिटी सदस्यहरुको जिम्मेवारी पनि तोक्ने सो पार्टीले जनाएको छ । मंसिर मसान्तसम्म कमिटी नभएका पालिका तथा वडाहरुमा कमिटी गठन गर्न सबै कमिटीहरुले सदस्यता वितरण गर्न संगठनात्मक क्षेत्रको महत्त्वपूर्ण काम गर्ने पनि सो पार्टीले निर्णय गरेको छ । सबै जनसंगठनले पार्टीको महाधिवेशनलाई केन्द्रित गरी भदौ मसान्तसम्म संगठन तथा प्रचार गर्न कार्ययोजना बनाउन निर्देशन दिएको छ । 

महाधिवेशनसम्म जाँदा केक र आबद्ध निकायका नेताहरुको कार्यक्षेत्र हेरफेर गर्न सचिवालयलाई जिम्मेवारी प्रदान गरिएको प्रचार विभाग प्रमुख खतिवडाले जानकारी दिए ।

राष्ट्रिय समाचार

टेरामेक्स घाेटालमा पुर्व मन्त्री बस्नेत विरूद्व भष्चारकाे मुद्दा दायर

कंञ्चनपुर जेठ ०१ २०८२ : नेपाली कांग्रेस नेता एवम् पुर्व स्वास्थ्य मन्त्री मोहन बस्नेतविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।

Uncategorized

Public Speaking Darchula season 1 काे लाेगाे सार्वजनिक

कंञ्चनपुर बैशाख २८ २०८२ : दार्चुलाकाे गाेकुलेश्वरमा हुने Public Speaking Darchula season 1 काे लाेगाे सार्वजनिक भऐकाे छ । खलंगा

राजनिती

ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्रीमा खमबहादुर गर्बुजा

कंञ्चनपुर २२ बैशाख २०८२, सोमबार : ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री खमबहादुर गर्बुजाले पदबहाली गरेका छन्।राज्यमन्त्री गर्बुजाले आज प्रधानमन्त्री केपी

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*