सुदूरपश्चिम विश्वविद्यालयको केन्द्रिय कार्यालय दुई महिना देखि बन्द

कंञ्चनपुर :

सुदूरपश्चिम विश्वविद्यालयको केन्द्रिय कार्यालय दुई महिनादेखी बन्द छ । विद्यार्थी संगठनहरुले विभिन्न माग राख्दै केन्दीय कार्यालयमा गरेको तालाबन्दी दुई महिना बितिसक्दा समेत खुल्न सकेको छैन । दुई महिनादेखीको तालाबन्दीले विश्वविद्यालयको प्रशासनिक काम प्रभावित बनेको छ । विश्वविद्यालयको कार्यकारी परिषदबाट विभिन्न आंगिक क्याम्पस र केन्द्रिय विभागहरुमा रिक्त रहेको क्याम्पस प्रमुख र विभाग प्रमुखको विषयलाई लिएर विद्यार्थी संगठनहरुले तालाबन्दी गरेको विश्वविद्यालय प्रशासनले जनाएको छ ।
केन्द्रिय कार्यालयमा साउन १ गते नेकपा एमाले निकट अनेरास्ववियू र राप्रपा निकट राष्ट्रिय प्रजातान्त्रीक विद्यार्थी संगठनले तालाबन्दी गरेको थियो । यी दुई संगठनसंग सहमति भएर ताला खुले पनि नेकपा एकिकृत समाजवादी निकट विद्यार्थी संगठनको ताला खुल्न सकेको छैन । अनेरास्ववियू कञ्चनपुरका संयोजक रमेश पन्तले विश्वविद्यालयले ताला खुलाउन छलफल नै नगरेको बताए । “विश्वविद्यालयका उपकुलपति र रजिष्ट्रारले हामीसंग छदफलका लागि कुनै चासो नै दिएका छैनन ।” उनले भने । विश्वविद्यालय जस्तो प्राज्ञिक क्षेत्रमा राजनितिक भागबन्डाले विशवविद्यालय धरायशी हुदै गएको छ । विश्वविद्यालयका पदाधिकारी,प्राध्यापक र अन्य कर्मचारी नियुक्तमा हुने राजनितिक भागबन्डाले विश्वविद्यालय खस्किदै गएको छ ।

Uncategorized

Public Speaking Darchula season 1 काे लाेगाे सार्वजनिक

कंञ्चनपुर बैशाख २८ २०८२ : दार्चुलाकाे गाेकुलेश्वरमा हुने Public Speaking Darchula season 1 काे लाेगाे सार्वजनिक भऐकाे छ । खलंगा

राजनिती

ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्रीमा खमबहादुर गर्बुजा

कंञ्चनपुर २२ बैशाख २०८२, सोमबार : ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री खमबहादुर गर्बुजाले पदबहाली गरेका छन्।राज्यमन्त्री गर्बुजाले आज प्रधानमन्त्री केपी

प्रदेश

रातिदेखि परेको वर्षाका कारण नारायणघाट–बुटवल सडक अवरुद्ध

कंञ्चनपुर २१ बैशाख २०८२, आईतवार : हिजो रातिदेखि निरन्तर परेको वर्षाका कारण पूर्वपश्चिम राजमार्गको नारायणघाट–बुटवल सडकखण्ड अवरुद्ध भएको छ ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*