सुनको जलहरी नापतौल र परीक्षणको काम सकियो : कति रहेछ तौल

कंञ्चनपुर :

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पशुपतिनाथको शिवलिङ्गमा राखिएको सुनको जलहरी नापतौल र गुणस्तर ( क्यारेट) परीक्षण गरेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, जनप्रतिनिधि र पशुपति क्षेत्र विकास कोषको रोहवरमा पशुपतिनाथ मन्दिरभित्र राखिएको जलहरी नापतौल र परीक्षण गरेको हो ।

सुनको जलहरी नापतौल र परीक्षण गर्न पशुपतिनाथ मन्दिरको उत्तरतर्फ रहेको रुद्रगारेश्वरमा ल्याइएको छ । जलहरीको निर्माण सोही स्थानमा गरिएको थियो । पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक डा. घनश्याम खतिवडाका अनुसार जलहरी, जलहरीमा लगाइएको दुई थान पेटिकासमेत गरी जम्मा एक सय छ दशमलव ४३२५ किलोग्राम सुन देखिएको छ ।

सुनको जलहरी कस्नलाई बनाइएका काँटीको नापतौल १.३७५ किलोग्राम देखिएको छ । सुनको गुणस्तर परीक्षणमा २२ क्यारेटको सुन जलहरीमा प्रयोग भएको पाइएको छ ।

Uncategorized

Public Speaking Darchula season 1 काे लाेगाे सार्वजनिक

कंञ्चनपुर बैशाख २८ २०८२ : दार्चुलाकाे गाेकुलेश्वरमा हुने Public Speaking Darchula season 1 काे लाेगाे सार्वजनिक भऐकाे छ । खलंगा

राजनिती

ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्रीमा खमबहादुर गर्बुजा

कंञ्चनपुर २२ बैशाख २०८२, सोमबार : ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री खमबहादुर गर्बुजाले पदबहाली गरेका छन्।राज्यमन्त्री गर्बुजाले आज प्रधानमन्त्री केपी

प्रदेश

रातिदेखि परेको वर्षाका कारण नारायणघाट–बुटवल सडक अवरुद्ध

कंञ्चनपुर २१ बैशाख २०८२, आईतवार : हिजो रातिदेखि निरन्तर परेको वर्षाका कारण पूर्वपश्चिम राजमार्गको नारायणघाट–बुटवल सडकखण्ड अवरुद्ध भएको छ ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*