
शुक्रबार सुनको भाउ बढेको छ । असार १५ गते, सुन तोलामा २०० रुपैयाँले महंगिएको हो । चाँदी भने निरन्तर दोश्रो दिन गिरावट भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अुनसार आज छापावाल सुन प्रतितोला एक लाख ९ हजार ६०० रुपैयाँमा र तेजाबी सुन प्रतितोला एक लाख ९ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ । लगातार २ दिन घटेकाे सुनकाे भाउ आज बढेकाे हाे । बिहीबार सुन तोलामा ६०० रुपैयाँले सस्तिएको थियो । हिजो सुन प्रतितोला एक लाख ९ हजार ४०० रुपैयाँमा झरेको थियो ।
यो साता सुनको भाउ ओरालो लागेको छ । साताभरमा सुन प्रतितोला २०० रुपैयाँले घटेको छ । गत शुक्रबार सुन प्रतितोला एक लाख ९ हजार ८०० रुपैयाँमा खरिदबिक्री भएको थियो । त्यसपछि मंगलबारसम्म सुनको भाउ लगातार बढि नै रह्यो । मंगलबार साताकै उच्च मूल्य प्रतितोला एक लाख १० हजार ६०० रुपैयाँ पुगेको थियो ।
साताको अन्तिम कारोबार दिन,चाँदीको मूल्य भने गिरावट भएको छ । आज चाँदी प्रतितोला एक हजार ३६० रुपैयाँमा किनबेच भइरहेको छ । चाँदी निरन्तर दोश्रो दिन घटेको हो । बिहीबार पनि चाँदी तोलामा पाँच रुपैयाँले ओरालो लाग्दा प्रतितोला एक हजार ३७० रुपैयाँमा किनबेच भएको थियो।
यस साता चाँदीको मूल्य भने वृद्धि भएको छ । साताभरमा चाँदी प्रतितोला २५ रुपैयाँले महंगिएको हो । अघिल्लो साताको अन्तिम कारोबार दिन, चाँदी प्रतितोला एक हजार ३३५ रुपैयाँमा कारोबार भएको थियो । त्यसयता चाँदी निरन्तर तीन दिन बढेको थियो । मंगलबार चाँदी प्रतितोला एक हजार ३७५ रुपैयाँमा खरिदबिक्री भएको थियो जुन बिहीबार र शुक्रबार घटेको हो ।
Be the first to comment