हिमस्टार उर्जाले आईपीओ निष्काशन गर्ने, अनुमति माग्दै बोर्ड पुग्यो

अनुमति माग्दै बोर्ड पुग्यो हिमस्टार उर्जा

कंञ्चनपुर :

हिमस्टार उर्जा कम्पनी लिमिटेडले सर्वसाधारणको लागि प्राथमिक शेयर (आईपीओ) निष्काशन गर्ने भएको छ । कम्पनीले आईपीओ निष्काशनको लागि अनुमति माग्दै नेपाल धितोपत्र बोर्डमा जेठ ३१ गते आवेदन दिएको हो ।

कम्पनीले प्रति कित्ता १०० रुपैयाँ अंकित दरका ११ करोड १९ लाख रुपैयाँ बराबरको ११ लाख १९ हजार कित्ता शेयर निष्काशन गर्नेछ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय र सर्वसाधारणकाे लागि साे बराबरकाे शेयर निष्काशन गर्न लागेकाे हाे ।

कम्पनीले सोलुखुम्बुकाे रावादाेलु र ओखलढुंगाको गाेली भएर बग्ने बुकु खोलाकाे पानी प्रयाेग गरी ५ मेगावाट क्षमताको बुकु कपाती जलविद्युत आयोजना निर्माण गरिरहेको छ ।

कम्पनीको गत भदौ २८ गते सम्पन्न चौथो वार्षिक साधारण सभाले सर्वसाधारणको लागि आईपीओ निष्काशन गर्ने प्रस्ताव पारित गरेको थियो ।कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ ।

राष्ट्रिय समाचार

टेरामेक्स घाेटालमा पुर्व मन्त्री बस्नेत विरूद्व भष्चारकाे मुद्दा दायर

कंञ्चनपुर जेठ ०१ २०८२ : नेपाली कांग्रेस नेता एवम् पुर्व स्वास्थ्य मन्त्री मोहन बस्नेतविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।

Uncategorized

Public Speaking Darchula season 1 काे लाेगाे सार्वजनिक

कंञ्चनपुर बैशाख २८ २०८२ : दार्चुलाकाे गाेकुलेश्वरमा हुने Public Speaking Darchula season 1 काे लाेगाे सार्वजनिक भऐकाे छ । खलंगा

राजनिती

ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्रीमा खमबहादुर गर्बुजा

कंञ्चनपुर २२ बैशाख २०८२, सोमबार : ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री खमबहादुर गर्बुजाले पदबहाली गरेका छन्।राज्यमन्त्री गर्बुजाले आज प्रधानमन्त्री केपी

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*