झन्डै आधा नेपालीले राष्ट्रिय परिचयपत्र नम्बर लिएका छन

कंञ्चनपुर पुस १९ : नेपाल सरकार गृह मन्त्रालय अन्तर्गतको राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका अनुसार बुधवारसम्म एक करोड ३६ लाख ८७ हजार ७२३ ले राष्ट्रिय परिचयपत्र नम्बर लिएका छन्। जुन नेपालको कुल जनसाङ्ख्यको ४६.८८ प्रतिशत हो। राष्ट्रिय जनगणना २०७८ अनुसार नेपालको कुल जनसङ्ख्या दुई करोड ९१ लाख ९२ हजार ४८० छ।

गत वर्ष कात्तिक मसान्तसम्म ९९ लाख ५५ हजारले नम्बर लिएका थिए। गएको एक वर्षको अवधिमा ३७ लाख ३२ हजार थपिएका छन्। जुन ३७ प्रतिशतको वृद्धि हो। ०७८ साउनदेखि राहदानी बनाउन परिचयपत्र नम्बर अनिवार्य गरिएपछि परिचयपत्र नम्बर लिनेको सङ्ख्या ह्वात्तै बढ्न थालेको हो। बायोमेट्रिक विवरण उपलब्ध गराए लगत्तै सरकारले राष्ट्रिय परिचयपत्र नम्बर उपलब्ध गराउने गर्छ । सोही नम्बरका आधारमा राहदानी बनाउन सकिन्छ ।

प्रदेश

सुनकाे मूल्य सामान्य घट्यो

शैल्यशिखर ८ दार्चुला :  आज सुनको मुल्य घटेको छ । सुनको मूल्य प्रतितोला २०० रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका

प्रदेश

साँझको घडी, थकानको यात्रा : दिलेन्द्र जोशी

शैल्यशिखर ८ दार्चुला : दिनभरको दौडधुप सकिँदै थियो। बेलुका शहरमा अँध्यारो छर्न थालिसकेको, सडकका बत्तीहरू क्रमशः बल्न थालेका।  म—दिलेन्द्र जोशी,

प्रदेश

सिनियर इन्जिनियर नवराज भट्ट बने दार्चुला प्रतिनिधि सभाको पहिलो उम्मेदवार

शैल्यशिखर ८ दार्चुला :  नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (माओवादी)को जनता सङ्ग घरदैलो अन्तर्गत जनभेटघाट कार्यक्रम नेकपाका स्थायी

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*