
कंञ्चनपुर साउन २७ : हाम्रो मुलुकमा अहिले आएर सबै पक्ष निराशाजनक दिशातिर जान लागेका हुन् कि भन्ने देखिन्छ। आर्थिक पक्ष त्यस्तै छ । सामाजिक पक्ष, शैक्षिक पक्ष र विकासका गतिविधि, सुरक्षा संयन्त्रका गतिविधि र संचारमाध्यमको धर्म निर्वाह यी सबैलाई नियालेर अध्ययन गर्दा समग्रमा हामी नकारात्मक दिशातर्फ जान लाग्यौं कि भन्ने आभास हुन थालेको छ ?
न्याय मरेको मेरो देश
न्याय मरेको छ, मौन छ अदालत,
असत्य हाँस्दछ, सत्य गुम्सिएर बस्दछ।
कलम बिकेका छन्, भाषण बोक्सेका,
नेतृत्वको नाममा छन् धोकाका पसल।
न्याय मरेको मेरो देश,
जहाँ गरीबको चिच्याहट, कानमा पर्छैन कसैको।
जहाँ बलात्कार, हत्या, घोटाला –
तथ्य होइन, पैसा प्रमाण बन्छ।
न्याय मरेको मेरो देश,
जहाँ मुद्दा चल्छ वर्षौं,
र अपराधी बन्छ सभासद।
नारीको अस्मिता हल्लिन्छ,
तर न्यायको तराजु थर्थराउँछ –
कागजको बोझले होइन, डरले।
कसले बोल्ने? कसले लेख्ने?
कलम चलाउने हरु डराउँछन्,
र डराउने हरु चुप लाग्छन्,
किनकि न्याय मरेको छ –
अनि हामी पनि लाश बनिरहेका छौं।
Be the first to comment