लटिनाथ देवताकाे संक्षिप्त इतिहास : बिष्णु जाेशी

दार्चुला शैल्यशिखर ८ :
“आगा हुल तोई दिउलो पाछा हुल मेरी
दुत्या हुल तोई दिउलो चतुर्दशी मेरी”
उल्लेखित उद्दरणहरु प्राचीन डोटी र कुमाउँ क्षेत्रका लोक प्रशिद्ध देवता लटिनाथको गाथा (झोडो)का हुन् ! ठाउँ अनुसार लटिनाथलाई लटबाब,लट्या,लाटो आदि नामले पुकारिन्छ !
लटिनाथलाई एक महान योद्धा र न्यायका देवताको रुपमा लिने गरिन्छ ! पिता मलैनाथले हुणदेशका राजा छिपलाकि रानी भागाश्रीलाई आफ्नी आठौं रानीको रुपमा भित्र्याएपछि छिपलाले आफ्नो सैन्यबलका साथ मलैनाथ र भागाश्रीको निवासस्थान शिखरधुरामा आक्रमण गर्दा सो आक्रमणको प्रतिउत्तर दिन आफूसङ्ग कोही वीर योद्धा नभएको र जेठो छोरा लटिनाथलाई नदीमा बगाएकोमा पश्चाताप गरिरहेको समयमा मार्मा थलीबाट लटिनाथको प्रस्थान युद्धस्थलबाट हुन्छ !
शिखरधुरामा मलैनाथ र भागाश्री लुकेको स्थान पत्ता लगाउन छिपला पक्षले दह बाँधी सो दहबाट प्रकाश परावर्तन गराउन लाग्दा लटिनाथले १२ मन फलामको गोला प्रहार गरि उक्त दह भत्काईदिएको किम्बदन्ती पाईन्छ ! साथै छिपला पक्षको आक्रमणबाट परेका पहिरोहरुलाई पिठ्यु थापेर माथितिर फर्काईदिएको कुरा पनि लटिनाथको गाथा (झोडो) मा सुन्न पाईन्छ ! मलैनाथ पक्षको सेनापतिको भुमिकामा रहेका लटिनाथले युद्धमा छिपला पक्षलाई पराजित गरिसकेपछी मलैनाथ र लटिनाथको चिनजान भएको प्रसङ्ग आउँछ ! कुराकानीका क्रममा आफुले अरु रानीहरु र ज्योतिषको कुरा सुनेर पितालाई पिर्ने ग्रह परेको भनेर नदीमा बगाएको शोभाश्री पुत्र उनै लटिनाथ भएको प्रस्ट हुन्छ ! एकातर्फ छिपलामाथीको विजय र अर्कोतर्फ बर्षौ पहिले शिशु अवस्थामा नदीमा बगाईएको पुत्र जवान भएर फर्किएको देख्दा मलैनाथलाई औधी खुसी लाग्छ ! खुसीकै माहोलमा मलैनाथले आफ्नो भन्दा पहिले पुजाआजा हुने र जात्रा लाग्ने घोषणा गर्नुहुन्छ ! सोही अनुरुप कार्तिक शुक्ल द्वितियामा लटिनाथको र कार्तिक शुक्ल चतुर्दशीमा मलैनाथको जात्रा लाग्ने गर्दछ !
लटिनाथको मुल बासस्थान दार्चुला जिल्लाको मार्मा क्षेत्रमा पर्ने तलाईमाडौं हो ! लटिनाथले आफ्नो जीवनकालमा केही समय बसोबास गरेका अन्य सबै क्षेत्रहरुमा लटिनाथको मन्दीर रहेको छ ! त्यसमध्ये शैल्यशिखर -०७ बन्तोली पनि एक हो ! मुलथान तलाईमाडौं पछि बन्तोली, जयपुर, चौड र खर्कलाई विशेष महत्त्व दिने गरिन्छ ! बन्तोली लगायत लटिनाथका मन्दिरहरुमा प्रत्येक बर्ष कार्तिक शुक्ल द्वितियाका दिन पुजा आराधना एवम् रात्रीकालिन भव्य जात्रा लाग्ने गर्दछ !
जात्रामा देवीदेवताको दर्शन गर्ने,आफन्तसङ्ग भेटघाट गर्ने,लोकगीत गाउने,लोक नृत्यहरु गर्ने,लोकबाजाहरु बजाउने समेत गरिन्छ ! पुर्खाहरुले ठूलो अध्ययन र अनुभवका आधारमा यी रात्रीकालिन जात्राहरु सुरु गरेका हुन् |

प्रदेश

लेकमकाे जयपुरमा भाेलि रात्रीजात्रा लाग्दै

शैल्यशिखर ८ दार्चुला : दार्चुलाको लेकम गाउँपालिका ५ जयपुरमा भाेलि रात्रीकालिन जात्रा लाग्ने भएकाे छ । हरेक बर्ष कार्तिक शुक्लपक्षको

प्रदेश

दार्चुलामा रास्वपाकाे नयाँ नेतृत्व चयन सभापतिमा सामन्त

शैल्यशिखर ८ दार्चुला : दार्चुलामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नयाँ नेतृत्व चयन गरेकाे छ । सोमबार भएकाे जिल्ला भेला

प्रदेश

शैल्यशिखर ७ देवथलीमा आज रात्रीकालिन जात्रा लाग्दै

शैल्यशिखर ८ दार्चुला : दार्चुलाको शैल्यशिखर नगरपालिका -७ देवथलीमा अवस्थित मालिकार्जुन मन्दिरमा आज रात्रीकालिन जात्रा लाग्नेभएको छ।जात्रा अबधिमा मदिरा तथा

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*