शैल्यशिखर ८ दार्चुला : दार्चुलाको लेकम गाउँपालिका ५ जयपुरमा भाेलि रात्रीकालिन जात्रा लाग्ने भएकाे छ । हरेक बर्ष कार्तिक शुक्लपक्षको नवमी तिथीमा लाग्ने रात्रीजात्रा लाग्ने गर्दछ । रात्रीजात्रालाई सुरक्षीत र मर्यादित बनाउन प्रहरीले सुरक्षा व्यवस्थापनमा कडाइ गर्ने भएको छ । जात्रामा अमर्यादित क्रियाकलाप तथा जाडरक्सी सेवन नर्गन नगराउन प्रहरी प्रशासनले आग्रह गरेको छ । जात्रा अवधिभरी मदिरा सेवन, बेचबिखन तथा ओसारपसार र जुवातास खेल्न खेलाउन रोक लगाइएको मन्दिर व्यवस्थापन समितिले जानकारी गराएकाे छ ।


Be the first to comment